चितवन २० साउन । भरतपुर महानगरपालिका वडा नंं ४ मा रहेको ग्लोरियस एकेडेमी चितवनमा अध्ययनरत रोशनी श्रेष्ठ कक्षा १२ को प्रकाशित नतिजामा व्यवस्थापन तर्फ जिल्ला प्रथम हुनु भएको छ ।
एकेडेमीमा कक्षा १२ को दोस्रो व्याचमा नै जिल्ला प्रथम भएको विद्यालयका प्राचार्य शारदा ढकालले जानकारी दिनुभयो । राष्ट्रिय परीक्षा बोर्ड एनइवीले लिएको कक्षा १२ को अघिल्लो ब्याचमा व्यवस्थापन तर्फ यसै विद्यालयबाट चितवन जिल्लाकै दोस्रो स्थान प्राप्त गरेको थियो । यसपटक शैक्षिक सत्र २०८१ को दोस्रो ब्याजमा सफलता प्राप्त गरी जिल्लाकै प्रथम भएको प्राचार्य ढकालले जानकारी दिनुभयो । छात्रा श्रेष्ठले ३.९० जिपिए प्राप्त गरेर जिल्लामै सर्वप्रथम हुनु भएको छ ।

ग्लोरियस एकेडेमी चितवनकी प्राचार्य शारदा ढकालले ग्लोरियस एकेडेमी चितवन एउटा विद्यालयमात्रै नभएर सफलतासँग जोडिएको विश्वासको प्रतीक भएको बताउनुभयो । परीक्षामा सहभागी ग्लोरियस एकेडेमीमा सम्पूर्ण सफल विद्यार्थीलाई बधाई ज्ञापन गर्नु भएको छ । उहाले सम्पूर्ण शिक्षकवर्ग र अभिभावकलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।



