सहमती विपरित राउतको गतिविधि प्रति समाजिक सञ्जालमा आपत्ती, देश विरुद्धलाग्नेलाई कार्बाही गर्न माग

चितवन समाचार डटकम
२७ फागुन । देश टुक्राउने अभिव्यक्ति छाडेर मुलधारको राजनीतिमा आउने भन्दै सरकारसंग सहमती गरेको डाक्टर सिके राउतको गतिविधिदेखि सर्वत्र चिन्ता छाडेको छ ।
सहमती विपरित राउते आफ्ना गतिविधिलाई अझ वृद्धि गरेको भन्दै सामाजिक सञ्जालमा राजनीतिक व्यक्तिदेखि सामाजिक क्षेत्रमा लागेकाहरुले देश विरुद्ध गतिविधि चलाउनेलाई नियन्त्रणमा लिन सुझाव दिएका छन् । देशलाई टुक्रा बनाउने, स्वतन्त्र मधेस राज्य स्थापना गर्ने, नेपालबाट मधेस अलग राज्य बनाउने भन्दै नारा लगाएको अभियोगमा डाक्टर राउतलाई नियन्त्रणमा लिएको थियो ।
सोही गतिविधि वन्द गर्छु भन्दै सरकारसंग सहमती गरेको चौविस घण्टा नबित्दै उनी जनकपुर जादा भएको भव्य स्वागत, पुरानै नारा उनका अलगै सुरक्षाकर्मी, मधेस आजादी भन्दै लागेको नाराले गम्भिर ध्यानाकर्षण भएको अगुवाहरुको टिप्पणी छ ।
सिके राउतसंग भएको सहमती उल्लंघन भयो भन्दै नेकपा चितवनका नेता तेजेन्द्रबहादुर खड्काले कार्वाही गर्न माग गर्नु भएको छ । सामाजिक सञ्चालमा आउफ्नो अभिव्यक्ति दिदै उहाले सहमती पालना नभएको जनाउनु भएको छ ।
अर्का वुद्धिजीवी प्रेम रिमालले सरकारलाई चुनौति दिदै नकापधारीले राउतलाई सुरक्षा दिदा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिन नसकेको भन्दै आपत्ती जनाउनु भएको छ । देशलाई टुक्रा बनाउने जस्ता अभिव्यक्ति दिने र गतिविधि नरोक्नेलाई नियन्त्रणमा लिनुको विबल्प नभएको उहाँको भनाइ छ ।
नेपाल वार एसोशियसन चितवनका अध्यक्ष कमल पाठकले सामाजिक सञ्चालमा लेख्दै भन्नु भएको छ अप्रिय लाग्ने घटनलाई समाधान गर्नको लागि चालिएको कदममाथि कहिलेकाही टिप्पणी हुनु सामान्य भएको उल्लेख गर्नु भएको छ । देशलाई एउटा निकास दिनको लागि गरिएको प्रयासलाई सार्थकता तर्फ लैजान सबैको साथ आवश्यक भएको बिचार राख्नु भएको छ ।
उहाँको मात्र होइन डाक्टर राउतले सहमती विपरित गर्नु भएको प्रदर्शन, विरोध, मधेसको आजादी, स्वतन्त्र राज्यको पक्षमा लागेको नाराको विषयमा फेसबुट टीटर लगायतमा विरोध भएको छ । सहमती कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।

ताजा अपडेट