काठमाडौं । कक्षा १२ को परीक्षाफल आजै प्रकाशित हुने भएको छ । परीक्षाफल प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसिरहेको हो ।
नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन समेत गरेको थियो । बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको हो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।


