लायन्स ३२५ बी टु नेपालमा महाधिवेशनको सरगर्मी, चितवनका भट्ट नेतृत्वको लाईनमा

चितवन समाचार डटकम, फागुन २६ ।

लायन्स क्लव अन्तरराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी टु नेपालको सातौ महाधिवेशन आगामी चैत २ गते वुटवलमा हुदैंछ ।
यस डिस्ट्रिक्टमा रहेका क्लवहरुमा अहिले महाधिवेशनको सरगर्मी छ । बर्ष २०१९÷०२० को भावी नेतृत्वका लागी उमेदवारहरुको मनोनयन भईसकेको छ ।
सर्वोच्च पद गभर्नरमा अनुपकुमार पहारी, फस्ट भाईस गभर्नरमा शम्भु नकर्मी र सेकेण्ड भाईस गभर्नरमा रामप्रसाद भट्टको उमेदवारी छ ।
परम्परागत रुपमा पदोन्नती हुदैं नेतृत्वमा उमेदवारी दिइएको भएपनि ५१ प्रतिशत भन्दा वढी मत आफ्नो पक्षमा पार्नुपर्ने कारण उमेदवारहरु प्रचार प्रसारको दौडाहामा छन् ।
सो क्रममा उमेदवारहरुले आईतवार चितवनका प्रतिनिधीहरु संग भेला गरी मतका लागि अपिल गरेका छन् ।
नारायणी कला मन्दीरको सभाहलमा भएको कार्यक्रममा सहभागीहरु उलेख्य थिए ।
तीनैजना उमेदवारहरुले वुटवलको आसन्न अधिवेशनमा आफुहरुलाई सत प्रतिशत मतका साथमा निर्वाचित गराउन अनुरोध गरेका थिए ।
एक बर्षे कार्यकाल रहने लायन्समा कार्यतालिका बनाएर बर्षैभरी सामाजीक कार्यक्रमहरु, स्वास्थ्य शिवीर, रक्तदान, वृक्षारोपण, तालिम प्रशिक्षण आदी गर्नुपर्ने हुन्छ । उमेदवारहरुले यस कार्यकालागि आफुहरु प्रतिवद्ध रहेको र केही नयाँ कार्यक्रमहरु ल्याईने बताए ।

लायन्स डिस्ट्रिक्टमा माथिल्ला दुई पद पदोन्नती भएर जाने भएपनि सेकेन्ड भाईस गभर्नर पद भने नयाँ प्रवेश गराईन्छ । जस्लाई दुई वर्ष पछिको मुल नेतृत्व गर्ने अवसर आउँछ । सो पदमा अहिले चितवनका रामप्रसाद भट्ट उमेदवार छन् । प्रतिष्पर्धी कोही नभएपनि उहाँले न्युनतम ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ ।
नेतृत्वको लाईनमा छिर्नुभएका भट्ट भरतपुर महानगरपालिका २ का स्थायी वासिन्दा हुनुहुन्छ । उहाँ चितवनको लायन्स क्लव अफ वागेश्वरीका सदस्य हुनुहुन्छ ।
सन् २००० मा डुम्रे बिमलनगर क्लववाट उहाँले लायन्स यात्राको शुरुवात गर्नुभएको थियो । क्लवमा अध्यक्ष, जोन, रिजनको प्रमुख, डिस्ट्रिक्टको सल्लाहकार, प्रमुख सल्लाहकार हुदै उहाँले यहाँसम्मको यात्रा तय गर्नुभएको छ । दर्जनौं सामाजिक र व्यवसायीक संघसंसस्थामा सलग्न भट्टले क्लवका राष्ट्रिय अन्तराष्ट्रिय कार्यक्रमहरुमा प्रशस्त सहभागीता जनाईसक्नुभएको छ ।

शेयर गरौ

ताजा अपडेट