चितवन।
भरतपुर आँखा अस्पतालमा उपचार गराउन आउने विरामीको सङख्या घटेको छ । अस्पातमा अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा ३२ हजार ७४९ जना विरामी उपचार गराउन आउनेको सङख्या घटेको हो ।
अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले आर्थिक वर्ष २०८१÷८२ मा तीन लाख २० हजार ६४८ जनाले अस्पतालमा सेवा लिएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०÷८१ मा तीन लाख ५३ हजार ३९७ जनाको आँखा उपचार गरेको घिमिरेले बताउनुभयो । अस्पतालमा गत आर्थिक वर्षमा उपचार गराउन आउनेको सङख्या घटेको बताउनुभयो । आर्थिक वर्ष २०८१÷८२ मा ११ हजार ३४९ जनाको शल्यक्रिया गरिएको छ । तिनीहरूमध्ये चार हजार १३५ जनाको ‘फेको’ (मेसिन) प्रविधिबाट शल्यक्रिया गरिएको सूचना अधिकारी घिमिरेले बताउनुभयो ।
नेपाल नेत्रज्योति संघ चितवनले सञ्चालन गरेको यस अस्पताल मातहत चितवनसहित आठवटा जिल्लाका २५ ठाउँमा अस्पताल सञ्चालनमा रहेको छ । अस्पताल बाहेक आँखा उपचार केन्द्र समेत सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षमा अस्पतालबाहिर बाह्य क्याम्प (शिविरमार्फत) ४० हजार ९३३ जनाको उपचार गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा शिविर मार्फत उपचार गराउने ४२ हजार ८९४ रहेका थिए ।
अस्पतालका कार्यवाहक अध्यक्ष तेजेन्द्र खड्काले आँखा पाक्ने समस्याले बिरामीको उच्च चाप भएकाले गर्दा अघिल्लो वर्ष विरामी वृद्धि भएको बताउनुभयो । गत आर्थिक वर्षमा महामारीका विरामी कम भएपछि उपचार गराउन आउनेहरु घटेको बताउनुभयो ।
नेत्र ज्योति संघद्वारा सञ्चालित आँखा अस्पताल बाहेक अन्य सरकारी र निजी अस्पतालमा आँखा उपचार सेवाहरु सञ्चालन भएपछि घटेको छ । उपाध्यक्ष खड्काले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा विभिन्न जिल्लाका पालिकाहरूमा आँखा सेवा पु¥याइएको उहाँले बताउनुभयो । अस्पतालको भरतपुरमा सबैखाले उपचार हुने आँखाको टर्सरी अस्पताल छभने भरतपुर हाइटमा सिटी क्लिनिक सञ्चालनमा छ । पर्साको ठोरी र नवलपरासीको कावासोतीमा शल्यक्रिया सेवासहितको अस्पताल छ । विक्रम संवत् २०४४ चैत १८ गते भरतपुरमा स्थापना भएको यस आँखा अस्पतालले सेवा विस्तार गर्दै आठवटा जिल्लामा पुगेको हो ।


