अक्षय कोषमा एकै दिन ६० हजार संकलन

खैरहनी ,माघ ५ गते 

पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा स्थापना गरिएको जन्मोत्सव तथा स्मृती छात्रवृत्ती अक्षयकोषमा शनिवार एकै दिन करिव ६० हजार रुपैया संकलन भएको छ ।

जन्म दिनको अवसरमा कोषमा विभिन्न क्षेत्रबाट व्यक्तीहरुले आर्थिक सहयोग गरेका हुन् । चितवनका व्यवसायी दिनेशकुमार चुकले आफ्नी पत्नीको शनिवार आज परेको जन्मदिनको अवसरमा ५१ हजार १११ रुपैया सहयोग गरेको कोषका संयोजक मुरली प्रसाद गजुरेलले जानकारी दिए । त्यस्तै पुष्पाञ्जली अस्पताल प्रालिका प्रवन्ध निर्देशक भोजराज अधिकारीले छोरी विभुतीको जन्म दिनको अवसरमा रु ७ हजार सहयोग गरेका छन् ।

यसैगरी खैरहनी ७ घर घई हाल जापान वस्ने श्याम सापकोटाले १ हजार १०५,रत्ननगर १० वैरिया घर भई हाल ललितपुर वस्ने रुपा अधिकारीले १ हजार,खैरहनी ८ पर्सा वस्ने कुमारी पौडेलले १ हजार ३०५ रुपैया कोषलाई सहयोग गरेका छन् । हाल अष्टे«लिया रहेका गजुरेलले त्यही वसेर रु १ करोड पुर्याउन लक्ष्य लिएका छन् ।

जन्मोत्सव तथा स्मृती छात्रवृत्ती अक्षयकोषबाटै खैरहनी माविमा अध्ययन गर्ने कक्षा ११ र १२ का गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिदै आएको छ ।

शेयर गरौ

ताजा अपडेट