सहमती विपरित सीके राउतका पक्षमा सुरक्षा गार्ड, लाग्यो स्वतन्त्र मधेसको पक्षमा नारा

काठमाण्डौ २६ फागुन । देशलाई विखण्डनको पक्षमा नलाग्ने भन्दै सरकारसंग ११ वुदे सहमती गरेको भोली पल्टै डाक्टर सिके राउतको पक्षमा पुरानै नारासहित सुरक्षागार्ड देखिएका छन् ।
सरकारका प्रधानमन्त्रीसहित सरकारी पक्षसंग देशको हितमा लाग्ने भन्दै राउतले सहमती गरेका थिए । तर आज जनकपुरमा यस अघि कहिल्यै नदेखिएका राउतका सुरक्षागार्ड जनकपुर विमान स्थलमा देखिए । ‘स्वतन्त्र मधेश’ गठबन्धनका संयोजक सीके राउतको पक्षमा नारा लगाए । आफ्नो माग पूरा भएको, स्वतन्त्र मधेसको विषयमा जनमत संग्रह गर्ने सहमती भएको भन्दै स्वागत गरियो ।

विमानस्थलमा सीके राउतको सुरक्षा गर्न ८ जना गार्ड आए । सुरक्षा गार्डहरूले प्रहरीजस्तै बुलेट प्रुफ ज्याकेट, टाउकोमा रातो कपडा र स्वतन्त्र मधेश गठबन्धनको झण्डा बाँधेको, मास्कले मुख छोपेको, आँखामा चश्मा लगाएको वेग्लै पहिचान देखिएका गार्ड थिए ।
सरकारले सीके राउतसँग राष्ट्रिय अखण्डता सुनिश्चित गर्दै सहमति भएको बताएपनि सीके राउतका कार्यकर्ताले स्वतन्त्र मधेशका पक्षमा झण्डा बोक्नेदेखि नाराबाजी गर्नेसम्मका गतिविधि गरेका छन् ।
सरकारसँग स्वतन्त्र मधेसको पर्चा, पम्पलेट र झण्डा प्रयोग नगर्ने सहमति गरेको गठबन्धनले जनकपुरमा भने गठबन्धनको झण्डा प्रयोग भएको छ । उनीहरुले सिके राउतसँग प्रतिकृया लिन र फोटो खिच्न गएका पत्रकारहरुलाई रोक लगाएका थिए ।

शेयर गरौ

ताजा अपडेट