चितवन । लायन्स क्लब अफ नारायणगढ दियालोकी गंगाकुमारी तिमिल्सिनाको छोरी अस्विका रानी सिंह राजपुतको जन्मदिनको अवसरमा क्षेत्रपुरमा रहेको ब्राइट स्टार समाज नेपाल बालगृहमा भोजना गराइएको छ ।
जन्म दिनमा हुने खर्च सामाजिक क्षेत्रमा गर्न कार्यक्रमको आयोजना गरिएको तिमिल्सिनाले जानकारी दिनुभयो । कार्यक्रममा ब्राइट स्टार समाज नेपाल बालगृहमा अध्यक्ष मदन प्रधानको अध्यक्षमा कार्यक्रम भएको थियो । कार्यक्रममा लायन दिननाथ न्यौपाने, प्रभाकर पण्डित, दिपेन्द्र खतिवडालगायतको उपस्थिति रहेको थियो ।


