नसर्ने रोगको प्रमुख कारक मोटोपना

 

चितवन ।
जनस्वास्थ्य कार्यालय चितवनले एक वर्षमा विभिन्न स्थानमा स्वास्थ्य परीक्षणका कार्यक्रम ग¥यो । छ हजार ७५९ जनामा गरिएको परीक्षणमा एक हजार २९७ जनामा उच्च मोटोपना देखियो । परीक्षणमा आठ सय ७८ जनमा उच्च रक्तचाप, पाँचसय २२ जनामा मधुमेह समस्या भएको पाइयो ।
पछिल्लो समय नसर्ने रोगको प्रमुख कारक तत्व मोटोपना भएका व्यक्तिहरुले सङख्या वृद्धि भएको पाइएको छ । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश रुपाखेतीले भन्नुभयो “हामीले विभिन्न स्थानमा गरेको सर्वेक्षणमा मोटोपनाको समस्या वृद्धि हुदै गएको पाइएको छ ।” मोटोपनाकै कारण नसर्ने रोगी वृद्धि हुने विभिन्न सर्वेक्षणले देखाएको छ रुपाखेतीले भन्नुभयो ।
मोटोपनको कारण कोलेष्टोल, मधुमेह, मुटु सम्वन्धी समस्या, मस्तिष्कघात, पित्त सम्वन्धी रोग लगायतका समस्या वृद्धि गर्दै लैजान्छ । हामीले सञ्चालन गरेको शिविरमा अधिक मोटोपना देखिएपछि घटाउन सुझाव दिएका छौ उहाले भन्नुभयो । विश्व स्वास्थ्य संगठनले दिएको मपदण्ड अनुसार हामीले परीक्षण गरेका छौ । उचाइ अनुसारको तौल उपयुक्त नभएमा वजन घटाउनु पर्दछ । वजन घटाउन ध्यान नदिने हो भने नसर्ने रोग लाग्ने धेरै कारण मध्य प्रमुख मोटोपना हुने जनस्वास्थ्य प्रशासक रुपाखेतीले भन्नुभयो ।
भरतपुर अस्पतालका मुटुरोग विभागका प्रमुख डाक्टर मणि गौतले मुटु रोगको समस्या हुने धेरै कारण मध्य सवैभन्दा प्रमुख मोटोपना भएको बताउनुभयो । उहाले भन्नुभयो “ मुटुको समस्या एउटै मात्र कारण हुदैन धेरै मध्य प्रमुख मोटोपना हो । मोटोपना मात्र घटाउन सके मुटु सम्वन्धी समस्या धेरै हदसम्म कम हुन्छ ।” पछिल्लो समय युवा अवस्थामा हुने मोटोपनाले हृदयघातका समस्या हुन थालेको छ । शारीरिक परिश्रम हुने काम कम गर्ने, वस्ने आराम गर्ने प्रकारका काममा धेरै समय विताउने, व्यायाम नगर्ने जस्ता कारणले गर्दा मुटुको समस्या हुने गरेको छ उहाले भन्नुभयो ।
युवा मध्य पुरुषको तुलनामा महिलामा मोटोपना धेरै हुने गरेको डाक्टर गौतमले भन्नुभयो । “हरेक वर्ष युवाहरुमा मोटोपनाका समस्या बढेको पाएका छौ” उहाले भन्नुभयो “मुटुका समस्या लिएर आउनेहरु मध्य धेरैमा मोटोपना देखिएको छ ।” मोटोपना घटाउने, मद्यपान, धुम्रपान जस्ता बानीबाट टाढा हुन सकेमा मुटु सम्वन्धी समस्याबाट पर रहन सक्ने उहाँको सुझाव छ । उहाले भन्नुभयो “विश्व स्वास्थ्य संगठनका अनुसार उचाइ र तौल नापिने विधि विएम आइ हो । ३० विएम आइ भन्दा माथि हुनु जोखिम मानिन्छ ।” त्यसैले ३० विएमआइ भन्दा कम बनाउन उहाले सुझाव दिनु भयो ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर कल्याण सापकोटाले किशोराअवस्थामा मोटोपना धेरै भएको जानकारी दिनुभयो । मोटोपना हटाउन नसकेमा नसर्ने रोग मात्र होइन अन्य रोगको जोखिम वृद्धि हुनेछ । अहिले विश्वमा मोटोपना नै प्रमुख कारण भएको पाइएको छ । धेरै मानिस मोटोपनाकै शिकार भएर ज्यान जाने गरेको छ । हामीले केही समय अगाडि गरेको विद्यालयको अध्ययनमा ८ देखि १८ वर्ष उमेर समुहका बालबालिकामा मोटोपना धेरै भएको पाइएको बताउनुभयो ।
बजारमा प्याक गरेका सामग्री, पत्रु खाना धेरै उपयोग गर्ने, शारीरिक अभ्यास नगर्ने जस्ता समस्याको कारण मोटोपना वृद्धि भएको उहाले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट