ट्राफिक प्रहरी कार्यालय नवलपरासी पुर्बद्धारा सार्वजनिक सवारी चालकहरुको स्वास्थ्य परिक्षण सुरु

कावासोती,माघ ५

पुर्ब पश्चिम राजमार्गको नवलपरासी मा हुने सबै भन्दा बढि सडक दुर्घटनाका कारण यसको न्युनीकरणका लागि पहिलो पटक जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पुर्बले सार्वजनिक सवारी चालकहरुको स्वास्थ्य परिक्षण सुरु गरेको छ ।
पुर्बी नवलपरासकिो नवलपुरका स्थानिय स्वास्थ्य संस्थाहरुको सहयोगमा जिल्ला ट्राफिक नवलपरासी पुर्बले सवारी चालकहरुको स्वास्थ्य परिक्षण शुरु गरेको हो । ट्राफिक प्रहरीले हरेक साताको दुई दिन सडकमा नै सवारी चालकको स्वास्थ्य परिक्षण शुरु गर्न थाले पछि सडक दुर्घटनामा कमी आउने बिश्वास लिईएको प्रहरी निरीक्षक युवराज भण्डारीले बताउनुभयो ।

सडकमै स्वास्थ्य जाँच गर्न थाले पछि सवारी साधन चलाउँदा चालकले बिशेष ध्यान दिने गरेका प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । सुनवलका याम बहादुर थापाले पनि सवारी चलाउन शुरु गरेदेखि आफ्नो स्वास्थ्य जाँच गराउन खासै ध्यान दिएका रहेनछन् सोही अवसरमा उनले पनि स्वास्थ्य परिक्षण गराउँदा ब्लड प्रेसर हाई भएको थाहा पाए र अहिले साबधानीपूर्बक सवारी साधन चलाउन थालेको बताउनुभयो ।
शिविरमा सवारी चालकको प्रेसर देखि हरेक कुरामा चेकचाँच भैरहेको र स्वास्थ्यकर्मीले उनीहरुलाई खानपानमा समेत ध्यान दिनु पर्ने लगायतमा सचेत गराउने गरेको बताए । चेकजाँच गराउने सवारी चालकहरूले यस्तो कार्यक्रम गरेकोमा आयोजक ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका छन् ।

नवलपरासी सबै भन्दा बढि दुर्घटना हुने राजमार्गमा रहेका कारण पनि यस्ता सचेतनामुलक कार्यहरु गर्न थालिएको र यस्ता शिविरहरू केही समयको अन्तरालमा संचालन गरिने प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । यस्तै अर्का सवारी चालक लाल बहादुर श्रेष्ठले पनि शिविरमा आखाँ जाँच गराउँदा चश्मा लाउनुपर्ने अवस्था भई सकेको थाहा पाए । लामो समयदेखि स्वास्थ्य जाँच नगराएका उनले संचालित कार्यक्रमबाट निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै परामर्श समेत लिएर फर्किएको बताउनुभयो ।

उनिहरू जस्तै दैनिक पुर्बी नवलपरासी जिल्ला भएर सवारी चलाउने एक सय २० जना सवारी चालकहरूले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । बढदो सवारी दुर्घटना न्युनिकरणका लागि पुर्बी नवलपरासीमा चालकहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरिक्षक युवराज भण्डारीले बताउनुभयो ।

स्वास्थ्य परिक्षणबाट जिल्लामा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने सहयोग पुग्ने भण्डारीले बताउनुभयो । पुर्बी नवलपरासीमा अहिले हरेक हप्ताको दुई दिन प्रहरीले चालकको स्वास्थ्य परीक्षण सडकमै गराउन थालेको हो । यसले चालकलाई रिफ्रेस पनि हुने र स्वास्थ्य अवस्थाको जानकारी पनि हुने भएकाले सडकमै स्वास्थ्य परिक्षण थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

राजमार्गमा दैनिकजसो सवारी दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले विकल्पको रुपमा यस्तो कार्यक्रम अघि सारेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पुर्बका प्रमुख प्रहरी निरिक्षक युवराज भण्डारीले बताउनुभयो ।
नवलपरासी पुर्बमा हरेक दिन सवारी दुर्घटना हुने गरेको तथ्याकं छ भने नेपालमै यो जिल्ला दुर्घटनामा पहिलो जिल्लाका रुपमा रहेको छ ।

शेयर गरौ

ताजा अपडेट