दर्ता नगरी सञ्चालन गर्ने कन्सल्टेन्सी वन्द गराउदै चितवन प्रशासन

चितवन ।
जिल्ला प्रशासन कार्यालय चितवनले दर्ता नभइ सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र तथा भाषा शिक्षण केन्द्रलाई बन्द गर्ने भएको छ ।
उजुरी आएपछि प्रशासन कार्यालयले जिल्लामा सञ्चालनमा रहेका परामर्श केन्द्रलाई आवश्यक कागजात पेश गर्न सूचना जारी गरी निर्देशन दिएको थियो । दिएको सूचनामा कुनैपनि कागजात पेस गर्न नसकेका १५ वटा शैक्षिक शैक्षिक परामर्श तथा भाषा शिक्षण केन्द्रलाई वन्द गर्न प्रहरीलाई पत्राचार गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले सूचना दिदा समेत कुनैपनि कागजात पेस नगरेकालाई वन्द गर्न पत्राचार गरेको जानकारी दिनुभयो । उहाले अवैध तरिकाले विद्यार्थीसंग पासपोर्ट लिने, पैसा असुल्ने, विदेश पठाउछु भनी ठगी धन्दा गर्ने कार्य गरेपछि वन्द गर्न लागेको बताउनुभयो ।
कुनैपनि अनुमती नलिइ सञ्चालनमा रहेका यस्ता सस्थाले वर्षौदेखि काम गर्दै आएका थिए । त्यस्ता सस्थाले कानूनले वन्देज गरेका काम गरेको पाइएकाले वन्द गर्न प्रहरीलाई पत्राचार गरेको उहाले जानकारी दिनुभयो । यसै गरी कागजात अपुग भएका परामर्श केन्द्रलाई पाँचदिन भित्र आवश्यक पत्र वुझाउन निर्देशन दिएको छ । यसरी कागज पत्र अपुग भएका ५० वटा शैक्षिक शैक्षिक परामर्श तथा भाषा शिक्षण केन्द्र रहेको छ । अनुमती एउटा काम अर्कै गर्ने गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट