चितवन, असार १७ ।
नारायणी इङ्गलिस पब्लिक स्कुल भरतपुरले एसईई परीक्षामा विधालयबाट उतिर्ण बिधार्थीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
बिधालय परिसरमा आयोजित कार्यक्रममा यस बर्ष उतिर्ण ६३ जना बिधार्थीहरुलाई प्रंसशा पत्र सहित सोमबार सम्मान गरिएको हो ।
केहि दिन अघि प्रकाशित नतिजा अनुसार यस बिधालयका छात्राहरु अनुस्का नेपाल र प्रास्ना सुवेदीले जिपिए चार सहित सर्बोत्कृष्ट नतिजा ल्याएका थिए ।

प्राचार्य वेदराज न्याैपानेका अनुसार नारायणी पब्लिक स्कुल बाट यस बर्ष जिपिए चार दुइ जना, ए प्लस २० जना, ए १८ जना विधार्थीले प्राप्त गरेका छन् ।
बिधालयले लगातार तेस्रो वर्ष सर्वोत्कृष्ट अंकसहित बिधार्थीहरु उतिर्ण गराउन सकेकोमा आफुहरु गौरवान्तित भएको प्राचार्य न्यौपानेले बताउनुभयो ।

अभिभावकहरु समेत उपस्थित कार्यक्रममा प्राचार्य न्यौपानेले शिक्षक, बिधार्थी, अभिभावक, बिधालय ब्यवस्थापक सबैको मेहनतले प्रतिफल प्राप्त गरेको जनाउदेे आगामी वर्षहरुमा अझ राम्रो नतिजा आउने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा कक्षा-१० का शिक्षक संयोजक शिव सुवेदीले मेहनतको प्रतिफल सधेे राम्रो हुनेभएकाले बिधार्थीहरुलाई हरेक तहमा अनुशासित र लगनशील रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा नारायणी पब्लिक कलेजका प्लस टु संयोजक जनक घिमिरेले बिधालयले प्राप्त गरेको नतिजामा बधाई दिदेे अधिकांश बिधार्थीहरुको रोजाइमा नारायणी पब्लिक कलेज हुनपुगेकामा खुसी ब्यक्त गर्नुभयो ।
जिपिए चार प्राप्त गरेका अनुस्का नेपाल, प्रास्ना सुवेदी सहित अधिकांश उत्कृष्ट बिधार्थीहरुको रोजाइ नारायणी पब्लिक कलेज भएको संयोजक घिमिरेले जानकारी दिनुभयो । गुणस्तरिय शिक्षा, राम्रो शैक्षिक वातावरण र उत्कृष्ट नतिजाको लागि आफुहरु प्रतिवद्द रहेको उहाँले बताउनुभयो ।
कार्यक्रम शिक्षक नविन बगालेले सञ्चालन गर्नुभएको थियो ।


