चितवन । नेपालकालागि दक्षिण कोरियाली अटोमोबाइल कम्पनी“किया“ का अधिकृत विक्रेता कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेज प्रा.लि.ले विराटनगरमा सोरुम सञ्चालनमा ल्याएको छ ।
कम्पनीले नयाँ “किया सीआई २.०“ मापदण्ड अनुसार अपडेटेड सोरुम खोलेको हो । नेपालको पूर्वी क्षेत्रमाकियाको उपस्थिति र पकड विस्तार बडाउन विराटनगरमा सोरुम पूर्ण–सञ्चालनमा ल्याउन आवश्यक परेको मन्जीतकुमार पोख्रेलले बताउनुभ भयो ।
कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेज प्रा.लि.को सञ्चालन अन्तर्गत यो नयाँ सोरुममा विश्व विख्यात दक्षिण कोरियाली अटो ब्रान्ड कियाका नेपालमा उपलब्ध सबै भेरियन्टका इन्धन र विद्युतीय सवारी साधनउपलब्ध हुनेछन् ।
कम्पनीले तीनदिने फ्ल्यास एक्सचेन्ज क्याम्प पनि आयोजना गर्न लागेको छ । असार १४ देखि १६ सम्म (जुन २८ देखि ३० सम्म) चल्ने “किया फ्लाशएक्सचेन्ज क्याम्प “माजुनसुकै पुराना गाडीसँग कियाकानयाँ गाडी साट्न सकिनेछ । सो अवसरमा एक्सचेन्जकालागि ल्याइने पुराना गाडीलाई आकर्षक मूल्य प्रदानगरिने कम्पनीले जनाएको छ । यो अफर एक्सचेन्ज क्याम्प अवधिमा बुकिङ हुने सवारी साधनमा लागू हुनेछ ।
क्याम्पमा कियाका गाडीहरुको टेस्ट ड्राइभ पनि गर्न पाइनेछ । सो अवसरमा कियाका नयाँ फेसलिफ्ट सेल्टोस, सोनेट र कारेन्सको २०२५ मोडलको टेस्ट ड्राइभ गर्न पाइनेछ । त्यसैगरी गाडी खरिदकर्तालाई सहज तरिकाले बैंक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको छ । कम्पनीले क्याम्पमा बिक्रीहुने गाडीमा रोड ट्याक्स र एक वर्षको सम्पूर्ण बिमाआफैंले बेहोर्ने नीति लिएको छ ।
अटो डिवीजनका असिस्टेंट जेनेरल म्यानेजर मन्जीतकुमार पोखरेल, काठमाडौं शोरुम गैरीधाराका सेल्स म्यानेजर विनय श्रेष्ठ, मार्केटिङ अफिसर श्री निरात न्यौपाने र नयाँ विराटनगर शोरुमका इन्चार्ज कुशल लामिछाने लगायतका व्यक्तिहरू उपस्थित थिए।


