एमालेबाट ६ महिनाका लागि निलम्बित विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

काठमाडौं । नेकपा एमालेले पार्टीबाट ६ महिनाका लागि निलम्बन भएका दुई नेता डा. विन्दा पाण्डेर र उषाकीरण तिम्सेनाको निलम्बन फुकुवा गरेको छ।

बुधबार बसेको पार्टीको सचिवालय बैठके उनीहरूको निलम्बन फुकुवा गर्ने निर्णय गरेको पार्टी उपमहासचिव प्रदीव ज्ञवालीले जानकारी दिए।

डा. पाण्डे स्थायी कमिटीसदस्य हुन् भने तिम्सेना केन्द्रीय सदस्य हुन्। व्यापारीबाट दान लिएर पार्टी कार्यालय बनाउन नहुने पक्षमा बोलेको आधारमा उनीहरूलाई गएको पुस १० गते एमालेले ६ महिनाका लागि निलम्बन गरेको थियो।

उनीहरूसँगै एमालेले भीम रावललाई पार्टीबाट निष्कासन गरेको थियो।

शेयर गरौ

ताजा अपडेट