लायन्स क्लव अफ नारायणगढ संगमचोकको अध्यक्षमा खगिसरा खरेल चयन

चितवन समाचार डटकम, २५ फागुन ।
लायन्स क्लव अफ नारायणगढ संगमचोकको शनिवार सम्पन्न अधिबेशनले खगिसरा खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
अधिवेशनले बर्ष २०१९–०२० का लागि नयाँ समिति निर्वीरोध निर्वाचित गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा घनश्याम सुवेदी, द्धितिय उपाध्यक्षमा अस्विन श्रेष्ठ, तृतिय उपाध्यक्षमा सरदमणि भट्टराई रहनुभएको छ । त्यसैगरी सचिवमा सुबिर श्रेष्ठ, सहसचिवमा बुद्धीप्रसाद अधिकारी र कोषाध्यक्षमा दीपक काफ्ले निर्वाचित हुनुभएको छ ।
अधिवेशनमा नयाँ समितिको निर्वाचनको लागि क्लवका पूर्व अध्यक्षहरु सिदार्थलाल चुके, तेजनारायण खरेल र राजेन्द्र गौतम लगायत पुर्व अध्यक्षहरु रहेको निर्वाचन मण्डल गठन गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट