चितवन ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती ननगरपालिका वडा नं.४ खहरेपुलमा माइक्रो र बस ठोक्किदा सात जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
शनिबार विहान १०ः१५ बजे धनगढीबाट काँकडभिट्टा तर्फ जादै गरेको प्रदेश १–०१–००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ आइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी गाडी ठोक्किएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालले दुर्घटनामा सात जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
मृत्यु हुनेमा मकवानपुर हटिया ३ बस्ने बर्ष ५५ को सोमप्रसाद रुपाखेती, हेटौंडा ५ बस्ने बर्ष ५३ की मैंयाकुमारी न्यौपाने, पहिचान नखुलेको अन्दाजी १९ की महिला, पहिचान नखुलेको अन्जादी बर्ष २४÷२५ की महिला, पहिचान नखुलेको अन्दाजी २२÷२३ को पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकाहरुमा पहिचना नखुलेकी अन्दाजी वर्ष ३०÷३५ की गर्भवती महिला, त्यस्तै गरी पहिचान नहुखेको ३५÷४० वर्षको एक पुरुष व्यक्ति रहेको डिएसपी खनालले जानकारी दिनुभयो ।
घाईते हुनेहरुमा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं. १३ बस्ने बर्ष १६ को सक्षम थापा, हेटौंडा १२ बस्ने बर्ष ३२ को सिंहबिर घलान, हेटौंडा ४ बस्ने बर्ष ३१ को बिष्णु लम्साल, हेटौंडा ८ बस्ने बर्ष ३४ की गंगा घलान रहेका छन् । त्यस्तै गरी झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल, सोही स्थानकी ६७ वर्षीय उमा बराल, कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका ४ बस्ने ४८ वर्षिय वीरबहादुर जैसी, रुकुम पश्चिम आठबिस्कोट नगरपालिका ९ बस्ने ३० वर्षीय सन्देश ओली रहेका छन् । अन्य १० जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइराखेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
