विनयी खोलामा पानी घटेसँगै गाडी चल्न थाले

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी खोलामा पानी घटेसँगै गाडी चल्न थालेका छन् । सबै गाडी एकैपटकमा पार गर्ने गरी नभई थोरै सङ्ख्यामा पठाउन थालिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

विनयी खोलामा गएराति बाढीले डाइभर्सन बगाएपछि गाडी चल्न सकेका थिएनन् । बिहानपछि पानी पर्ने क्रम केही कम भएको र खोलामा पानीको मात्रा घटेको प्रहरीको भनाइ छ ।

६ महिनाअघि दुम्कीबासको विनयी खोलामा रहेको फलामे पुल भाँच्चिएपछि त्यहाँ डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै आएको छ । विनयी खोलामा बाढी आउनासाथ डाइभर्सन बगाउने र फेरि बनाउने क्रम चलिरहेको छ ।

दाउन्ने र दुम्कीबास क्षेत्रमा पानी पर्नेबित्तिकै सडक हिलो र चिप्लो भएर जाम हुने, गाडी फस्ने र दुर्घटनाको समेत जोखिम भएकोले सकेसम्म वैकल्पिक रुट प्रयोग गर्न, हतारहतारमा गाडी नचलाउन चालकलाई प्रहरीको आग्रह छ ।

 

शेयर गरौ

ताजा अपडेट