प्राज्ञिक विद्यार्थी परिषदको प्रथम प्रदेश अधिवेशन चितवनमा शुरु

फागनु २५ , चितवन ।
प्राज्ञिक विद्यार्थी परिषदको प्रथम प्रदेश अधिवेशन चितवनमा शनिबार शुरु भएको छ । फागुन २७गतेसम्म चल्ने प्रदेश नम्बर ३ को अधिवेशन नारायणगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा सुरु भएको हो । प्राध्यापक नारायणराज जोशीको प्रमुखआतिथ्यमा सम्पन्न उद्घाटन समारोहमाबोल्दै परिषदका राष्ट्रिय अध्यक्ष डा. रामजी गौतमले लोकतन्त्रमा खबरदारी गर्नकालागि स्वतन्त्र संगठन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले प्राज्ञिक विद्यार्थी परिषदले दलगत राजनिति भन्दा माथी उठेर राष्ट्र निर्माणमा भूमिकानिर्वाह गरेको दाबीगर्नुभयो । परिषद्ले शिक्षक, शिक्षाविद् र विद्यार्थीलाई गोलबद्ध गरेर संगठन निर्माण गरेको जानकारी दिदै उहाँले देशलाई चाहिने सक्षमजनशक्तीनिर्माण गर्न परिषदलागिपरेको बताउनुभयो ।
कार्यक्रममा चितवन मेडिकल कलेजकी प्राध्यापक ममता न्यौपानेले परिवर्तन आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममाबोल्दै उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य ईश्वरी प्रसाद खरेल, समाजसेवी चन्द्रगोपाल अग्रवाल, परिषदका राष्ट्रिय उपाध्यक्ष दयाराम पौडेल लगायतले यूवा विद्यार्थीहरुले राष्ट्रको मौलिक संस्कृती र परम्पराप्रती गौरव गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
प्रदेशनम्बर ३ का १३ वटै जिल्लाबाट १ सय ३० जनाप्रतिनिधी सहभागिअधिवेशनले आगामी २ बर्षे कार्यकालकालागिनयाँ नेतृत्वचयनगर्ने बताईएको छ ।

ताजा अपडेट