चितवन । देवघाट धामको महत्वबारे युवा पिढीलाई जानकारी गराउन अवलोकन गराउनु आवश्यक रहेकोमा जोड दिएको छ ।
देवघाट क्षेत्र विकास समितिको कार्यालयका सुचना अधिकारी पुष्पराज पौडेलले धार्मिक तथा ऐतिहासिक क्षेत्रमा युवावर्गको चासो कम भएकाले अवलोकन आवश्यक रहेको बताउनुभयो । एनपीआइ हेल्थ इन्ष्टिच्युट आश्था चोक भरतपुरमा अध्ययनरत विद्यार्थीको अवलोकन भ्रमण कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले धार्मिक ऐतिहासिक क्षेत्रको महत्व युवावर्गलाई जानकारी गराउनु पर्ने भनाइ थियो ।
पौडेलले चितवन तनहु र नवलपरासी समेटेको क्षेत्र विकास समितिलाई सम्पदा सूचिमा सुचिकृत गर्न सरकारसंग माग गरेपनि अहिलेसम्म सम्वोधन नभएको बताउनुभयो ।
सामाजिक विषय अन्तर्गत गरिएको अवलोनक भ्रमण तथा ऐतिहासिक क्षेत्रको अध्ययन कार्यक्रममा मणिमुकुन्द सेन पार्कको अध्ययन गरिएको थियो । पाल्पाका राजा मणिमुकुन्द सेनको इतिहास, वशिष्ठ ऋषी गुफा, सीता गुफा, त्रिवेणी संगम स्थलको महत्वको बारेमा जानकारी लिएको थियो ।
देवघाट क्षेत्रको वागेश्वरीमा रहेको योगी नगरहरि नाथ योग तथा प्राकृतिक चिकित्सालयको उपचार सेवाको विषयामा जानकारी लिएको थियो । यहाँ दिने निःशुल्क उपचार, योग सेवा, गौ संरक्षण, गौ मुत्रको महत्वको विषयमा प्राकृतिक चिकित्सालयका स्रोत व्यक्ति अर्जुुन कार्कीले जानकारी गराउनु भएको थियो ।
एनपीआइ हेल्थ इन्ष्टिच्युट आश्था चोक भरपुरका इन्चार्ज नवराज भट्टराइले स्वास्थ्य क्षेत्रमा अध्ययनरत प्रथम वर्षको विद्यार्थीलाई स्थलगत अवलोकनले समाजको विषयमा अध्ययन गर्न मद्यत पुग्ने बताउनुभयो । सस्थाले हरेक वर्ष नयाँ र नविन विषयमा जानकारी दिन यस्ता रचनात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो । एनपीआइ हेल्थ इन्ष्टिच्युट आश्था चोकमा सामान्य चिकित्सा(एचए), प्रयोगशाला (ल्याव) विषयमा अध्यापन हुदै आएको छ ।