जापानिज इन्सेफलाइटिसबाट बच्ने उपाय

 

जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टे सुँगुर, बंगुर, हाँस जस्ता पशुपक्षीलाई टोकेपछि मानिसलाइ टोक्यो भने सर्दछ । मानिस बाट मानिसमा सदैन ।

  • रोगका लक्षणहरु
    अचानक उच्च ज्वरो आउनु ।
  • बेस्सरी टाउको दुख्नु ।
  • बान्ता हुनु ।
  • शरिर काम्नु ।
  • घाँटी अररो हुनु ।
  • बेहोस हुनु ।

यो रोग लागे पछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ । त्यसैले यो रोगको कुनै पनि लक्षण देखिना साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ ।

  • बच्ने उपायहरु
    लामखुट्टेको टोकाइबाट बच्ने ।
    घरवरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्ने ।
    वालवालिकालाई यो रोग विरुद्धको खोप लागाइदिने ।
    सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशुपंक्षीहरुलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने ।
  • सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने ।

बागमती प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय
जनस्वास्थ्य कार्यालय, चितवन

शेयर गरौ

ताजा अपडेट