डिजिटल मिडिया नियमन आवश्यक

चितवन, । विना दर्ता गरी सञ्चालन गरिएको डिजिटल मिडियाको नियमन आवश्यक भएकोमा जोड दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय काठमाडौंले भरतपुरमा आइतबार आयोजना गरेको छलफल कार्यक्रममा वेलगाम अवस्थामा रहेकालाई नियमन गर्नु पर्नेमा जोडदिएको हो । यस्ता मिडियाका कारण पछिल्लो समयमा प्रकाशित सामग्रीका कारण चुनौती थपिएकोमा चिन्ता व्यक्त गरिएको छ ।
डिजिटल मिडियामा प्रकाशित हुने सामग्रीका विषयमा नियमन निकायले ध्यान दिनु पर्नेमा जोड दिएको छ । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले डिजिटल मिडियालाई नियमन गर्न जरुरी रहेको बताउनुभयो । पछिल्लो समयमा सामाजिक सञ्चालमा आएका सूचना सामग्री सबै सत्य हुदैन । झुटा सामग्रीलाई समाचार बनाएर प्रकाशित गर्ने, दर्ता नगरी सञ्चार माध्यम सञ्चालन गर्ने, अफवाह फैलाउने काम भइराखेकाले यस्ता गतिविधिको नियमन गर्नु आवश्यक भएको बताउनुभयो । डिजिटल मिडियामा अनलाइन, युटुव, अनलाइन टिभी लगायतको नियमन गर्न कानून निर्माणको चरणमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य विजयराज अधिकारीले पछिल्लो एक सातामा मात्रै आधा दर्जन डिजिटल सञ्चार माध्यमको समाचारका कारण उजुरी परेको जानकारी दिनुभयो । समाचार प्रकाशित भएको विषयलाई लिएर अदालतमा साइवर क्राइमको विषयमा मुद्दा परेको अन्य विवादित विषय भएका छन् ।
उहाले कानूनले दिएको अधिकार प्रयोग गरेर समाचार प्रकाशित भएका विषयमा प्रेस काउन्सिलले हेर्ने भएकाले यो विषयमा सवैको ध्यानाकर्षण गराउनु भयो । उहाले पछिल्लो समय नेपालमा एक करोड ५० लाख जनाले युटुव हेर्ने गरिएको अनुमानित तथ्याङक रहेको जानकारी दिनुभयो । यस्तै एक करोड ६४ लाख जनाले फेसबुक चलाउने गरेको विवरण रहेको छ । काउन्सिललले २०८० सालमा बनाएको युटुव सञ्चालन मापदण्ड लागु गरेर लैजाने जानकारी दिनुभयो । अहिले यो मापदण्ड प्रकभावकारी रुपमा लागु गर्न नसकिएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएकाले त्यसै अनुसार लेख्न र बोल्न पाउने अधिकार भएको बताउनुभयो । सञ्चारकर्मी पत्रकार आफै जिम्मेवार भएर सामग्री प्रकाशित गरे समस्या नआउने बाउनुभयो । उहाले आफ्नो अधिकार र सिमाको विषयमा जानकार भएमा कुनैपनि समस्या आउन नसक्ने भएकाले पत्रकारले सत्य तथ्य विषय ढुक्कसंग लेख्न पाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले अभिव्यक्ति स्वतन्त्रता भएपनि सरकारले कुष्ठित गर्दै जान थालेको बताउनुभयो । उहाले सञ्चार माध्यममा नियमनको नाममा नियन्त्रण गर्न खोजेको भन्दै आलोचना गर्नुभयो । समाचार लेखेकै भरमा अदालतका मुद्दा लगाएर पक्राउ पुर्जी गर्नु निन्दनीय भएको बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकार चुडामणि शर्मा, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीलगायतले संविधानले दिएको अधिकार पत्रकारले प्रयोग गर्न पाउने बताउनु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट