नारायणी नदी सरसफाइ गर्दै युथ क्लबले वितरण ग¥यो डस्विन

चितवन २५ फागुन । युथ क्लब नारायणगढले आज नारायणी नदीलाई प्रदुषणबाट जोगाउनको लागि फोहर संकलन गर्ने डस्विन वितरण गरेको छ ।
नारायणीनदी किनारको रेखदेख गर्दै आएको पाँच टोल विकास सस्थाका अध्यक्ष शुक्रकुमार श्रेष्ठलाई आज डस्बिन वितरण गरेको हो । नदी सरसफाई गर्नु सबैको दायित्व भएको भन्दै क्लबले नदीको सरसफाइ गरी डस्विन वितरण गरेको थियो ।
नारायणी नदी हाम्रो अमुल्य सम्पत्ति भएकाले यसलाइै जोगाउनु हाम्रो कर्तब्य सम्झेर सहयोग गरेको युथ क्लबका अध्यक्ष भगवानकुमार जोशीले बताउनु भयो । पछिल्ला समयमा नदी किनारमा मानिसको जमघट धेरै हुने गरेको, त्यसपछि फोहर त्यही फाल्ने गर्दा नदी प्रदुषित हुदै गएको छ । केही महिनादेखि सरसफाई गर्नको लागि युवाहरुको सस्थाले काम गरेपनि पूर्ण सफाइ भने भएको छैन ।
नदी किनारमा भएको फोहोर संकलन गरी तोकिएको स्थानमा फालिएको थियो । सरसफाइपछि एक कार्यक्रम गरी टोलविकास सस्थालाई डस्विन हस्तान्तरण गरिएको हो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष भुवन आचार्य, महासचिव शालिग्राम नेपाललगायतले मन्तव्य राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट