उदयपुर, २५ फागुन ।
उदयपुरगढी गाउँपालिकाको मदन भण्डारी लोकमार्ग खन्डको नेपालटारमा शनिबार बिहान टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् |
मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका–७ का बासिन्दा ४८ वर्षीय बलबहादुर मगर छन् भने मोटरसाइकल चालक मगरकै छोरा सुजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मदन भण्डारी लोकमार्गअन्तर्गत् सडक निर्माणमा काम गर्ने ना १ क ८३४७ नम्बरको टिपरले बा ९३ प ९४३२ नम्बरको मोटरसाइकललाई नेपालटार नजिकै ठक्कर दिएको थियो ।
घाइते सुजनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । टिपर चालकको खोजी भइरहेको बताइएको छ ।