लायन्स क्लव भरतपुरकाे अध्यक्षमाा पन्त चयन

चितवन समाचार डटकम, फागुन २५ ।

लायन्स क्लव अफ भरतपुरकाे आज सम्पन्न अधिवेशनले बर्ष २०१९/०२० का लागि अनुजराज पन्तको अध्यक्षतामा नयाँ समिति गठन गरेकाे छ ।

समितिकाे प्रथम उपाध्यक्षमा मुक्तिराम अधिकारी, द्वितीय उपाध्यक्षमा हरि अधिकारी, तृतीय उपाध्यक्षमा तिर्थ नेपाल रहनुभएकाे छ । त्यसैगरी सचिवमा भीष्म अधिकारी, काेषाध्यक्षमा राेशन आचार्य, र सहसचिवमा ठाकुर बजगाई रहनुभएकाे छ ।

अधिवेशनमा सस्थापक अध्यक्ष दिपककुमार राना, श्री प्रसाद कडेल, हरिप्रसाद घिमिरे र दिनेशचन्द्र न्याैपाने रहेको निर्वाचन समिति गठन भएको थियाे । कार्यक्रम बर्ष २०१८/०१९ का अध्यक्ष बसन्तराज पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

 

शेयर गरौ

ताजा अपडेट