विद्युत आपुर्ती नियमित र ट्राफिक व्यवस्थापन गर्न एमाले वडा नंं दसको ध्यानाकर्षण

चितवन ३० जेठ । नेकपा एमाले भरतपुर महानगरपालिका वडा नं. १० कमिटीले भरतपुर वितरण केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाइ ध्यानाकर्षण गराएको छ ।
विद्युत कटौती समस्या वृद्धि भएपछि आपूर्ती नियमित गराउन भरतपुर वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको हो । भरतपुर १० का विभिन्न स्थानमा विना सूचना धेरै पटक विद्युत आपुर्ती वन्द हुने, सामान्य अवस्थामा पनि विद्युत कटौती हुदा सर्वसाधारण देखि व्यापार व्यवसायलाई समेत समस्या परेको भन्दै एमाले वडा नंं १० को कमिटीले ध्यानाकर्षण गराएको हो ।
वडा कमिटी अध्यक्ष ददीराम देवकोटाको नेतृत्वमा गएको टोलीले विद्युत वितरण केन्द्रका इन्जिनियर विनोद काफ्लेलाई अवस्थाको विषयमा ध्यानाकर्षण गराएको थियो । अहिले विद्युतको माग धेरै भएको र ट्रान्सफरमरमा भार क्षमता अधिक भएको कारण विद्युत आपूर्तीमा समस्या आएको इन्जिनियर काफ्लेले जानकारी दिनुभयो ।
भरतपुर महानगरको वडा नं. १० को डाँफेचोक, रमाइलोचोक लगायतको स्थानमा भार क्षमता वृद्धि भएपछि ट्रान्सफरमरमा समस्या पर्न जाने उहाले बताउनुभयो । उपयुक्त स्थान स्थानीयले उपलब्ध गराएमा नयाँ ट्रान्सफरमर राखेर तत्कालको समस्या समाधान गर्न सकिने जानकारी दिनुभयो । समस्या भएका स्थानहरुमा नयाँ ट्रान्सफरमर जडान गरेर समाधान गर्दै आएको उहाले बताउनुभयो ।


नेकपा एमाले भरतपुर वडा नं. १० सचिव विज्ञान पौडेलले विद्युतमा हुने यस्ता समस्या हटाउन चासो नदिएको प्रती टिप्पणी गर्नुभयो । प्राधिकरणले समस्या समाधान नगर्दा सरकारमा रहेको एमाले पार्टी प्रति जनताको धारणा नकरात्मक हुने भन्दै यस विषयमा गम्भिर रहन अनुरोध गर्नु भयो । सरकारमा जो आउने जाने भएपनि सार्वजनिक नागरिकका समस्यामा पहल गर्नु पर्ने हरेक राजनीतिक दलको दायित्व रहने सचिव पौडेलले बताउनुभयो ।
वडा कमिटीले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै ध्यानाकर्षण गराएको छ । टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख गायत्रीराज शर्मालाई भेटेर भरतपुर अस्पताल अगाडिको चोक, हाकिमचोक, वीरेन्द्र क्याम्पस चोक, मालपोत चोक, चौविसकोठी, सप्तगण्डकी लगायतको स्थानमा ट्राफिक व्यवस्थापन चुस्त पार्न ध्यानाकर्षण गराएको थियो ।


ट्राफिक प्रहरी कार्यालय प्रमुख गायत्रीराज शर्माले हाकिमचोक र भरतपुर अस्पताल अगाडिको स्थानमा साइकल जनशक्ति परिचालन गर्ने जानकारी दिनुभयो । आजबाट नै दुइ स्थानमा साइकलमा ट्राफिक प्रहरी परिचालन गर्ने जानकारी दिनुभयो । भरतपुर अस्पताल अगाडि सवारी साधन रोक्ने गर्नाले समस्या हुदै आएको छ ।

विना सूचना विद्युत आपूर्ती वन्द हुने, विद्युत वितरण केन्द्रलाई जानकारी गराउदा कुनै सुनुवाइ नहुने, चर्को आवाजका मोटरसाइल सञ्चालनमा प्रहरीले रोक नलागउने गर्दा स्थानीय पीडामा रहेका छन् । स्थानीयको आवाजलाई सम्वन्धीत निकायले समाधान गर्नु पर्छ भन्दै वडाका कमिटीले माग गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट