मधेस झर्दै ओली–प्रचण्ड, रौतहटमा आज बिशाल आमशभा

रौतहट, २५ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ कमिटि द्धारा आज रौतहटको गरुडामा आज बिशाल आमसभा हुदैछ । पार्टी एकता पछि नेकपाले मधेसमा पहिलो ठुलो आमशभा गर्न लागेको हो । पार्टी अध्यक्ष एव्म प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नम्वर २ का अध्यक्ष प्रभु साहले कम्युनिष्टको आधार क्षेत्र एवं कर्मभुमीको रुपमा परिचित रहेको रौतहटलाई प्रदेश नम्वर २ को उत्कृष्ट जिल्ला बनाउने बताएकाछन । प्रधानमन्त्री ओलीको कर्मथलो रौतहट रहेको बताउदै यहाँको जनताले उनलाई सेल्टरको रुपमा राखेको क्रममा इनरवारी हाल बाधीमाई नगरपालिकाबाट तत्कालिन राज्य सत्ताको षड्यन्त्रणमा प्रहरीले पक्राउ गरेर कारागारमा राखेको इतिहास रहेको नेकपाका प्रदेश २ का अध्यक्ष तथा सांसद साहले बताएका छन । रौतहट जिल्ला कम्युनिष्ट तथा किसान आन्दोलनको उद्गमस्थल रहेको ईतिहाँस स्मरण गर्दै २०१५ सालको पहिलो आम निर्वाचनमा देशभरीमा ४ जना मात्रै कम्युनिष्टका सांसद बनेकोमा रौतहट बाट २ जना जितेको सांसद साहले बताए । पहिलो आम निर्वाचनमा रौतहट बाट कम्युनिष्ट नेता शेख फरमान र हरिदयाल महतो जितेर जिल्लाको सान कम्युनिष्टको सम्मान, पहिचान, सर्वाहारा वर्गको सर्वोपरि हितलाई मध्यनजर राख्दै प्रदेशमै रौतहटलाई उच्च प्राथमिकता वर्तमान सरकारले दिएको उनले चर्चा गरे । आजको सभा मार्फत कम्युनिष्ट माथि लगाएको भ्रमलाई चिर्दै समाजमा रहेको विभेदको अन्त्य गरिवीबाट मुक्ति, मानव सुचाँकमा तल रहेका यहाँका जनताहरुको जिवन स्तर माथि उकास्न वर्तमान सरकारबाट यथोचित रुपमा सम्बोधन हुने भएको हुँदा कार्यक्रममा एक लाख भन्दा बढि जनताको सहभागिता हुने संसद प्रभु साहले दावी गरेका छन । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सहभागीहुने कार्यक्रमका लागी स्टेज,बाटो,खानेपानी,सवारीस्टैण्ड,सुरक्षा लगायत सवै आवश्यक तयारी पुरा भएको बताइएको छ । कार्यक्रमस्थल लाइ व्यवस्थित गर्न सिसी क्यामराहरु जडान गरीएको छ । गरुडा बजारको बिभिन्न स्थानहरुमा माइकहरु जडान गरेर टाढा टाढा सम्म भाषण सुन्न सकिने व्यवस्था मिलाइएको छ ।

ताजा अपडेट