काठमाडौँ, २५ फागुन :
भारतमा मिग–२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ ।
भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् । भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भए पनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् ।
दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले बताएका छन् । (एजेन्सी)