चितवन, जेठ ३ गते ।
नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीले देखाएको बाटोमा हिड्नु भनेको सच्चा कम्युनिष्ट आदर्श भएको बताउनु भएको छ ।
भदन आश्रितको ३२ औ स्मृति सभालाई चितवनको दासढुंगामा शनिबार सम्वोधन गर्नु हुदै उहाले प्रतिपादन गर्नु भएको जनताको बहुदलीय जनवाद सवैभन्दा उत्कृष्ट भएको बताउनुभयो । उहाले मदन भण्डारीमा अद्भूत वैचारिक क्षमता भएको नेता रहेको उल्लेख गर्दै भन्नुभयो कम्यूनिष्ट नेतामा हुनु पर्ने गुण मात्र नभएर क्षमतामा अव्बल भएको बताउनुभयो । पाण्डेले भन्नुभयो “उहाँको एउटा महत्वपूर्ण कुरा भिन्न कोणबाट कसैले कुरा ग¥यो भने त्यो कुरालाई तुरुन्तै ड्राफ्ट गर्नुहुन्थ्यो । यो तपाईले भनेको कुरा मिल्दैन नि कमरेड ? भन्यो भने या त उहाँले त्यसलाई कन्भिन्स गर्नुहुन्थ्यो, कि तपाईले भनेको कुरा ठीक हो भन्नुहुन्थ्यो ।”
मदन र आश्रितको परिवारले धेरै ठूलो सेक्रिफाईस गरेको भन्दै उहाँले भन्नुभयो “हामीले एक दिन दासढुंगामा आएर फूल चढाउँछौं, तर उहाँहरुको परिवारले अभिभावक र परिवारको मूली गुमाएको छ ।” परिवारको मूली मान्छे गुमाउँदाको पीडा धेरै ठूलो हुने उहाँको भनाई थियो ।
जतिसुकै कठिनाई भएपनि आफ्नो दुःख नदेखाउने नेता आश्रित भएको उहाँले बताउनुभयो । कार्लमाक्सको छोरी मर्दा लास उठाउने पैसा नभएर कोट बेचेर उठाएको चर्चा गर्दै उहाँले उपाध्यक्ष पाण्डेले आश्रित मार्लमाक्स जस्तै नेता रुपमा चित्रण गर्नुभयो ।
एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज नेपालको राजनीतिमा जनताको बहुदलीय जनवाद परीक्षण भएको विचारका रुपमा देशमा स्थापित भएको बताउनुभयो ।
जीवराज आश्रितलाई कुशल संगठकको रुपमा लिने गरिएको चर्चा गर्दै अधिकारीले भन्नुभयो “बि.सं. २०४९ सालमा सिपी मैनालीलाई पार्टीले कारवाही ग¥यो, त्यसपछि पार्टीमा महासचिव को बन्ने ? भन्ने छलफल हुँदा जीवराज आश्रितको नाम पहिलो नम्बरमा आयो, तर उहाँले पार्टी महासचिव म बन्न उपयुक्त छैन, तपाईको प्रस्तावका लागि धन्यवाद भन्नुभयो ।”
एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, जीवराज आश्रितका छोरा डा. सागर न्यौपाने, कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इञ्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवं वागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, एमाले जिल्ला अध्यक्ष कमल पाठक लगायतले बोल्नु भएको थियो ।
बि.सं. २०५० साल जेठ ३ गते नारायणगढ–मुग्लिन सडक खण्डको दासढुंगामा नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।


