दाङ वितरक संघको साधारणसभा

 

दाङ । दाङ वितरक संघको तेस्रो साधारणसभा तथा वितरक भेला शनिबार घोराहीमा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष कुमार सुवेदीको अध्यक्षता एवं नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरुले कम्पनीको उत्पादन उपभोक्तासम्म लैजाने र उपभोक्ताका गुनासा कम्पनीमा पु¥याउने महत्वपूर्ण संस्था भनेर प्रशंसा गरे । उनीहरुका अनुसार संस्था कमजोर हुँदा धेरैतिरबाट हेपाहा व्यवहार हुन्छ । लामो समय संस्था निस्क्रिय हुँदा अनेक समस्या झेल्नुपरेको उनीहरुको भनाइ थियो । यसैगरी कम्पनीमा तानातान हुने, व्यक्ति नजिकिन खोज्नाले अस्वस्थ प्रतिस्पर्धा देखिएको बताउँदै सामूहिक हितका लागि, सबैले बाँच्नुपर्छ भन्न भावनाका साथ अघि बढ्न आग्रह गरे ।

संस्थालाई अध्यक्ष कुमार सुवेदीले तीन थान सिसाको ¥याक, महासचिव नारायणप्रसाद पाण्डेले दुई रिम फोटो कपी पेपर, उपाध्यक्ष विशाल गौतमले एक सय २० थान डटपेन, सदस्य थानेश्वर बुढाले एक सय २० वटा कापी उपलव्ध गराउनु भएको थियो । कोषाध्यक्ष विप्लव डिसीेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

सो अवसरमा विशिष्ट अतिथि नेपाल वितरक महासंघका केन्द्रीय उपाध्यक्ष दामोदर पाठक, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका कोषाध्यक्ष नारायणप्रसाद भुसाल, वितरक संघका पूर्वमहासचिव हेमराज बञ्जाडे, दाङ जिल्ला उद्योग वाणिज्य संघका मानार्थ सदस्य रामदयाल गुप्ता, राप्ती अञ्चल डेलिभरी वितरक संघका अध्यक्ष धु्रवराज श्रेष्ठ भारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशकुमार राजभण्डारीलगायतले मन्तव्इ राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट