पल्टेको ट्रक हटाएपछि साढे चारघण्टापछि मुग्लिन सडक सन्चालन

चितवन,  ।
कोइला बोकेको ट्रक पल्टेर अबरुद्ध भएको मुग्लिन नारायणगढ सडक साढे चार घण्टा पछि सन्चालनमा आएको छ ।

मुग्लिन नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोलानजिक कोइला बोकेको ट्रक सडकमा पल्टिदा बिहान ७ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । पल्टेको ट्रक पन्छाएपछि बिहान ११:३० बजेबाट राजमार्ग सन्चालनमा आएको हो ।

बिरगन्जबाट काठमाडौं जाँदैगरेको मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको (कोइला लोड) भएको ट्रक आफै अनियन्त्रित भइ   पल्टेको थियो । पल्टेको ट्रकलाइ हटाएपछि दुबै तर्फ सुचारु भएको  जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा मानवीय क्षती भएको छैन ।
बाटो अबरुद्ध हुदा दुबै तर्फ ५ किलोमीटर सवारी साधनको लाम लागेको थियो । मुग्लिन बजारमा गाडीको जाम हुदा पोखरा तर्फ जान आउन समेत कठिन भएको प्रहरीले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट