चितवन । मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला नजिकै कोइला बोकेको ट्रक सडकमा पल्टदा राजमार्ग अवरुद्ध भएको छ ।
बिरगन्जबाट काठमाण्डौ जादै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको (कोईला लोड) भएको ट्रक आफै अनियन्त्रित भई विहान ७ बजे पल्टेको थियो । ट्रक पल्टेपनि मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइराखेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक प्रतिक सिंहले जानकारी दिनुभयो ।


