रोकियो विमान स्थलको टर्मिलन भवन निर्माण

 

चितवन । भरतपुर विमान स्थलमा नयाँ निर्मार्णाधिन टर्मिनल भवनको निर्माण कार्य रोकिएको छ ।
भवनको छानाको डिजाइन परिवर्तन गरेपछि चार महिनादेखि निर्माण कार्य रोएिको हो । आधुनिक सुविधा हुने भवनमा सुरुको डिजाइनको छाना परिवर्तन भएर नयाँ बनाइएको छ निर्माण गर्दै गरेको क्षमादेवी कन्ट्रक्सन सोलुसन प्रालिका इन्जिनियर सुनिल साहले जानकारी दिनुभयो । “सुरुको डिजाइनको छानालाई परिवर्तन गरिएको छ” उहाले भन्नुभयो “नयाँ डिजाइन अनुसारको छानाको जस्ता आएको छैन, त्यसैले निर्माणको काम हुन नपाएको हो ।”
भरतपुर विमान स्थलमा निर्माण हुदै गरेको भवनमा पोखरा अन्तरराष्ट्रि«य विमान स्थलको जस्तै छानाको डिजाइन रहेको छ । बाहिरबाट सामग्री आउनु पर्ने भएकाले सामान नआएसम्म निर्माण कार्य रोकिएको छ इन्जिनियर साहले भन्नुभयो ।
२०८० वैशाख ७ गतेबाट निर्माण कार्य सुरु गरेको नयाँ भवनको काम ५० प्रतिशत सकिएको छ । तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने भवनको लागत एक अर्व ९० करोडको रहेको छ । अहिले सञ्चालन भइराखेको भवन पुरानो भएपछि धावनमार्ग विस्तार संगै नयाँ टर्मिनल भवन निर्माण कार्य थालनी गरिएको हो । भवन निर्माणको काम सुरु भएपछि धावनमार्गको विस्तारको कार्य भने अगाडि वढ्न सकेको छैन ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नयाँ टर्मिनल भवन निर्माण कार्यले गती लिएपनि धावन मार्गलाई विस्तार गर्न केही जटिलता आएको बताउनुभयो । उत्तर तर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलाई स्थानान्तरण गरी धावनमार्ग निर्माण गरिने तयारी रहेको छ । सेनाको घोडा प्रजनन् केन्द्र अन्यत्र भवन निर्माण गरी तयारी अवस्थामा भएपछि मात्र सेनाले छाड्ने बताउदै आएको छ ।
निर्माणाधिन भवनमा एकै पटक एकहजार जना यात्रुले आवतजावत गर्न सक्ने क्षमता हुने इन्जिनियर साहले बताउनुभयो । सुविधायुक्त भवनमा पार्क निर्माण, मनोरञ्जन पार्क, रेष्टुरेन्ट, विदेशी पर्यटकलाई केन्द्रीत गरी बजारको व्यवस्था हुनेछ । भवन स्थलमा दुइसय कार, चारसय मोटरसाइकल पार्किङ गर्न मिल्ने गरी निर्माण हुनेछ । अग्नि नियन्त्रण केन्द्र, नियन्त्रण कक्ष, आवासलगायतको सुविधा हुने इन्जिनियर साहले जानकारी दिनुभयो ।
तराईका अधिकांश विमानस्थलमा एटीआर ७२ जहाज अवतरण गर्न सक्ने भए पनि भरतपुर विमानस्थलमा अवतरण हुँदैन । एटीआर ४२ र ट्युनोटर जहाजले उडान र अवतरण गर्दै आएका छन् ।
यस भरतपुर विमान स्थल सन् १९५८ मा निर्माण कार्य सम्पन्न भई पहिलो उडान सन् १९६१ मार्च ५ मा भएको तथ्याङ्क छ । सन् १९९४ मा एक हजार एक सय ५८ मिटर धावनमार्ग बनाइएको थियो । विमानस्थलको सन् १९९८ मा एसियाली विकास बैंकको सहयोगमा कालोपत्रे सम्पन्न भएको नागरिक उड्यन प्राधिकरणले जानकारी दिएको छ ।
देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिए पनि वातावरणीय र पर्यावरणीय दृष्टिकोणले क्षति हुनसक्ने भएपछि काम अघि बढ्न सकेको थिएन । विमानस्थल ५८ बिघामा फैलिएको छ । सन् १९५८ मा संयुक्त राज्य अमेरिकाको सहयोगमा मलेरिया नियन्त्रण कार्यक्रम अन्तर्गत यो विमानस्थल निर्माण गरिएको हो । अहिले विमानस्थल १० घण्टाको हाराहारीमा मात्र सञ्चालन हुँदै आएको छ । विस्तारसँगै रात्रिकालीन उडानसमेत गरिने तयारी रहेको छ ।
विमान स्थल निर्माण भएपछि वरीपरी वस्ती वसेको थियो । धावनमार्गको नजिकै अग्ला भवन निर्माण हुदा ठुला विमान यहाँ अवतरण गर्न सकेको छैन । अहिले भइराखेको धावनमार्गमा ७२ सिट क्षमता भएको विमान अवतरण गर्न नसक्ने भरतपुर विमान स्थल कार्यालय प्रमुख दिपक विकले बताउनुभयो । यस धावनमार्ग विस्तार गरेर कम्तीमा १५ सय लम्वाइ पु¥याउन सकेमा ७२ सिटको क्षमता भएका विमान सजिलै अवतरण गर्न सक्ने उहाले बताउनुभयो । अहिले भरतपुर काठमाण्डौंको भाडा पाँच हजार रुपियाँ रहेको छ । ठुला जहाज आएमा भाडा घट्ने भएकाले यात्रुले राहत पाउने उहाले बताउनुभयो । ठुला जहाज अवतरण गर्न थालेपछि रात्रिकालिन उडान समेत हुने प्रमुख विकले जानकारी दिनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट