चितवन । आपत्कालीन अवस्थामापनि विद्यालय शिक्षा निरन्तरता विषयमा चित्रकला कार्यक्रम आयोजना गरिएको छ ।
शिक्षाकालागि राष्ट्रिय अभियान नेपाल चितवन शाखाले चित्रकला कार्यक्रमको आयोजना गरेको हो । निःशुल्क, गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ भन्ने नाराका साथ कार्यक्रम भएको हो । सस्थाले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन अभियान सञ्चालन गर्दै आएको छ । मोहन माध्यमिक विद्यालय भरतपुर १२ र सिद्धिविनायक माध्यमिक विद्यालय भरतपुर ११ का विद्यार्थी चित्रकला कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा सहभागी मध्य १३ जना उत्कृष्ट सहभागीलाई नगद सहित प्रशंसा–पत्र प्रदान गरिएको थियो । प्रधानाध्यापक शिव कोइराला, र पशुपति घिमिरे तथा शिक्षाका लागि राष्ट्रिय अभियान चितवनका संयोजक रामचन्द्र आचार्य र सचिव कमलराज खनालले संयुक्तरुपमा प्रदान गर्नु भएको थियो ।
यसबाट बालबालिकाले आफ्नो अन्तरनिहित क्षमता प्रस्तुत गर्ने अवसर प्राप्त गरेका थिए । विद्यालयको पठनपाठन जस्तोसुकै कठिन परिस्थितिमा पनि रोकिनु हुन्न त्यसका लागि पहिल्यै योजना बनाउनु पर्छ भन्ने सन्देश प्रवाह भएको छ ।
