भरतपुरको छ लेनको सडक प्रधानमन्त्रीबाट उद्घाटन हुदै

चितवन, ५ वैशाख ।
चार वर्ष लगाएर निर्माण पूरा भएको भरतपुरको छ लेनको सडक प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्म करिब ७ किलो मिटर लम्वाइको एसियन मापदण्डको सडक निर्माण पूरा भइसकेको छ । तेस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७७ माघ १७ गते यो सडकको शिलान्यास गर्नु भएको थियो । एक अर्ब ७६ करोड रुपैयाँ लागतमा निर्माण भएको सडकको दुवैतर्फ सडक बत्ती जडानको काम सम्पन्न भएको छ ।
५० मिटर चौडाइ रहेको छ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यस भन्दा बाहिर ५÷५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ । सडकको मुख्य र दयाँवायाँ विरुवा रोपेर हरियाली बनाइएको छ ।
छ लेनको सडकले भरतपुरको मुख्य बजार र पूर्वपश्चिम राजमार्गलाई सुन्दरता दिएको छ । सडक उद्घाटन सहित विभिन्न कार्यक्रममा सहभागी हनु प्रधानमन्त्री ओली आउदै हुनुहन्छ । उहाँ सँग उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल समेत आउने कार्यक्रम रहेको छ ।


सडक उद्घाटन गरेर वीपी कोइराला क्यान्सर अस्पतालमा हुन लागेको नेकपा (एमाले) भरतपुर महानगर कमिटिको अधिवेशनमा सहभागी हुने कार्यक्रम रहेको नेकपा एमालेका जिल अध्यक्ष कमलराज पाठकले जानकारी दिनुभयो । समय रहेमा नारायणगढ बुटवल सडक खण्डको अवलोकन गर्न दुम्किबाससम्म जाने कार्यक्रम समेत भएको छ ।

शेयर गरौ

ताजा अपडेट