नारी दिवसको अवसरमा स्रस्टासम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न

चितवन समाचार डटकम
काठमाडौं, २४ फागुन :

नेपाली साहित्य संसार (अन्तराष्ट्रिय साहित्य सञ्जाल) ले १०९औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा स्रस्टासम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाली साहित्यमा योगदान पुराएका स्रस्टालाई सम्मान गरिएको नेपाली साहित्य संसार (अन्तराष्ट्रिय साहित्य सञ्जाल)का अध्यक्ष सिर्जन अविरलले जानकारी दिनुभयो । “ नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याउँने सशक्त नारीलाई सम्मान गरियो” उहाँले भन्नुभयो । कार्यक्रममा प्राज्ञ आख्यानकार माया ठकुरी, कवि सुनिता खनाल र बुनु लामिछानेलाई सम्मान गरिएको थियो ।

पूर्व प्राज्ञ सदस्य सचिव गीता केशरी प्रमुख अथिति रहेको कार्यक्रममा डा. राम प्रसाद ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी काठमाडौंमा भएको कार्यक्रम नेपाली साहित्य संसार (अन्तराष्ट्रिय साहित्य सञ्जाल)का अध्यक्ष सिर्जन अविरलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट