भरतपुर अस्पतालमा क्याथल्याब सञ्चालनको तयारी

 

चितवन । भरतपुर केन्द्रीय अस्पतालमा मुटुका विरामीको लागि सेवा विस्तार गर्ने तयारी गरेको छ ।

सबै विरामीको चाप अत्याधिक हुन थालेपछि मुटुका विरामीको लागि क्याथल्याब सञ्चालनका तयारी थालेको हो । अस्पतालमा अहिले दैनिक दुइहजार पाँचसय विरामीले सेवा लिदै आएका छन् । यी मध्य मुटुका विरामीको सङख्या वृद्धि हुन थालेपछि क्याथल्यावको आवश्यकता महसुस गरेर सञ्चालनको तयारी थालेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । अबको एक महिना भित्र हामीले क्याथल्याब सञ्चालन गर्ने तयारी थालेका छौ उहाले भन्नुभयो अहिले उपकरण जडान भइराखेको छ ।

क्याथल्याबको लागि आवश्यक एउटा सामग्री छुटेको छ त्यो नआउदासम्म सञ्चालन गर्न सकिदैन मेडिकल सुपरिटेण्टेन्ट प्रा.डा. पौडेलले भन्नुभयो । सामान नआउदासम्म तयारी पूरा गर्दछौ । अस्पतालले चैत २५ गते वार्षिकोत्सव मनाउदैछ । यही समयमा क्याथल्याब उद्घाटन गर्ने तयारी गरिएको छ ।

क्याथल्याब जडानका लागि उपकरणमा रु ११ करोड ५० लाख खर्च गरिएको छ । भौतिक निर्माणसहित रु १५ करोड हाराहारी खर्च हुने मेडिकल सुपरिटेन्डेन्ट पौडेलले जानकारी दिनुभयो । अस्पतालमा मुटुको उपचारमा डिएम गरेका तीन जना चिकित्सक कार्यरत हुनुहुन्छ ।

क्याथल्याब सञ्चालनमा आएपछि ‘इन्टरभेन्सन कार्डियोलोजी’ सेवा सुरु हुनेछ । यससँगै ‘एन्जियोग्राफी’, ‘एन्जियोप्लाष्ट’, ‘पेजमेकर’ जडानलगायत सेवा दिन सकिने अस्पतालले जानकारी दिएको छ । क्याथल्याब (मुटुको नसाहरू, धमनीहरू हेर्ने काम गरिन्छ) सञ्चालनमा आएपछि मुटुको नसामा बोसोले रोक्दा खोल्न सकिने अस्पतालका मुटु रोग विशेषज्ञ डा मणि गौतमले बताउनुभयो । अहिले मुटुको बहिरङ्ग (ओपिडी) सेवा, इको वार्डलगायत सेवा सञ्चालनमा रहेको छ ।
अस्पतालले मुटुसम्बन्धी उपचार सेवा थप गर्दै लैजाने योजना बनाएको उहाँले जानकारी दिनुभयो । मुटुको प्रभावकारी सेवाका लागि अस्पतालमा कम्तीमा आठ जना मुटुरोग विशेषज्ञ (कार्डियोलोजिष्ट) आवश्यक पर्ने पर्दछ ।

भरतपुर अस्पताल संघीय अस्पताल हो । यहाँ चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी आउने गर्दछन् । क्याथल्याब सञ्चालनमा आएसँगै सर्वसुलभ रूपमा यो सेवा आमनागरिकले पाउने अस्पतालले जनाएको छ । अस्पतालमा एमआरआइ, सिटिस्क्यान सहित विशिष्टिकृत सेवा दिदै आएको छ । अस्पतालमा अलग्गै सरुवा रोग अस्पताल निर्माणको काम अन्तिम चरणमा रहेको छ । अस्पतालमा राजधानीको थापाथली स्थित प्रशुतीसेवा पछि सवैभन्दा धेरै सुत्केरी हुने गर्दछ ।

मृगौला, न्यूरो, मुटु, क्रिटिकल केयरसहित विशिष्टिकृत सेवा अहिले थपिएको भरतपुर अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । अर्थोपेडिक अन्तर्गतका विभिन्न सेवा, स्पाइलन कर्ड लगायत दर्जनौ उच्चस्तरीय सेवा अस्पतालले प्रदन गर्दै आएको छ । अब राजधानीमा हुने उपचार यही अस्पतालबाट हुनेछ । सरकारले केन्द्रीय अस्पताल घोषणा गरेपछि थप सेवाहरु विस्तार हुदै गएको छ । अस्पतालमा सातसय शैया क्षमता रहको छ ।

चाहेको चिकित्सकसँग परिक्षण गराउन पाइने

भरतपुर अस्पतालले चिकित्सकसँगको परामर्शको लागि नयाँ अपोइन्टमेन्ट प्रणाली लागू गरेको छ । अस्पतालका मेसु प्रा.डा कृष्णप्रसाद पौडेलले बिरामीहरूले आफूले चाहेको चिकित्सकसँग परिक्षण गराउनका लागि अग्रिम बुकिङ गर्न सक्ने जानकारी दिनुभयो ।

बिरामीहरूले आफ्नो नाम, ठेगाना र उमेर सहित एसएमएस अथवा वाट्सएप मार्फत ९८५५०१९१६० नम्बरमा म्यासेज पठाउन सक्नेछन् । कार्यालय समयमा सोही नम्बरमा फोन गरेर पनि बुकिङ गर्न सकिने उहाले जानकारी दिनुभयो । बिरामीको अनुरोध प्राप्त भएपछि, दिन र समय निर्धारण गरी सम्बन्धित बिरामीलाई जानकारी दिइनेछ । यस व्यवस्थाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा सहयोग पुर्याउने मेसु डा पौडेलले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट