चितवन । लयन्स क्लब अफ दियालोको अधिवेशनले मदन प्रधानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
क्लबको आउदो वर्षको लागि नयाँ नेतृत्व चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा रमेश मानन्धर, द्वितीय उपाध्यक्ष सुजन धिताल, सचिव सुरेश मरासिनी, कोषाध्यक्ष इन्दु न्यौपाने चयन हुनु भएको हो ।
डिस्ट्रिक्ट गर्भनर दीनानाथ न्यौपानेको प्रमुख आतिथ्यता भएको कार्यक्रममा लायन राजकुमार श्रेष्ठ विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्व अध्यक्षलाई सम्मान गरिएको थियो । डिस्ट्रिक्टका सेकेन्ड भिडिजी ःप्रभाकर पण्डित, पूर्व डिस्ट्रिक्ट गवर्नर सिद्धार्थलाल चुके र रामप्रसाद भट्टले शुभकामना मन्तव्य राख्नु भएको थियो । असिम हमालको अध्यक्षतामा भएको कार्यक्रममा पारिवारिक जमघट भएको थियो ।