चितवन, फागुन २३ ।
सिद्धिविनायक आमा समुह भरतपुर-१२ को आयोजनामा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रवार भरतपुरमा सम्पन्न भएको छ ।
समुहकी अध्यक्ष सरस्वती खनालको सभापतित्व एवम् भरतपुर-१२ का वडा सदस्य जमुना ढुङ्गानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रजातान्त्रिक कानुन व्यवसायी संघ चितवनका अध्यक्ष श्रीराम दुवाडि, प्रेस चौतारीका केन्द्रीय सदस्य तीर्थ नेपाल, सृजनशील टोल बिकास संस्थाका सल्लाहकार सूर्य श्रेष्ठ , सचिव बालकृष्ण सापकोटा, सिद्दिविनायक गणेश मन्दिरका सचिव मोती गौतम, व्यवसायी अर्जुन सुवेदी लगायत अतिथि रहनुभएको थियो ।
कार्यक्रममा अतिथिहरुले अन्तराष्ट्रिय महिला दिवसको महत्व र सान्दर्भिकता बारे प्रकाश पारेका थिए ।
अधिकार प्राप्ति संगै महिला शसक्तिकरण तर्फ राज्यले ध्यान दिनुपर्नेमा बक्ताहरुको जोड थियो ।
हरेक समाजमा महिलालाई स्थापित गर्न जागरण प्रदान गर्नु आवश्यक रहेको उनीहरुले बताए ।
कार्यक्रममा आमा समुहका सदस्यहरु गीता कालाखेती, लक्ष्मी तिमिल्सिना, तारा कुमाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । यसै अवसरमा युटर्न इन्टरनेश्नल प्रालीले आमा समुहलाइ सौजन्य स्वरुप सेनेटरी प्याड हस्तान्तरण गरेको थियो ।यस कम्पनीले स्वदेशी उत्पादनलाई बजारीकरण गर्दै आएको छ ।
आमा समुहका सचिव सरिता रुवालीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष अप्सरा कोईरालाले स्वागत मन्तव्य राख्नुभएको थियो ।


