लोक संगीत नेपालीको पहिचान हो : मुख्यमन्त्री

चितवन । बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले लोक संस्कृति नेपालको अमुल्य सम्पत्ति भएको बताउनु भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा शनिवारबाट चितवनको भरतपुरमा शुरु भएको ‘आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता २०८१’ को उद्घाटन गर्दै मुख्यमन्त्री लामाले लोक संस्कृतिले सबे नेपालीको मन छोएको बताउनुभयो ।
गीत संगीतलाई मानव जाती मात्रहोइन प्रकृतीलेपनि मन पराउँछ उहाले भन्नुभयो । संसार नै रमाउने गीत संगीतले हो । मानिसको रहेक क्षणमा गीत संगीतले साथ दिने भएकाले यसको महत्वको विषयमा चर्चा गर्न नसकिने बताउनुभयो । लो संगीतको प्रतियोगीताले सबै तर्फका उत्कृष्ट प्रतीभा उत्पादन हुने बताउनुभयो । प्रतियोगीताले चितवन नगरीलाई अझ सुन्दर बनाउन र पर्यटनको क्षेत्रमा विकास गर्न सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले लोक संस्कृतिको जगेर्ना गर्ने दायित्व सबैको भएको बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट