चितवन । नेकपा एमाले भरतपुर वडा नम्बर १० कमिटीले बिहिवार भरतपुरमा शोकसभा सप्पन्न गरेको छ ।
नेकपा एमालेका नेता होमनाथ सापकोटाको ममतामयी आमाको स्वर्गारोहण भएको नवौ पुण्य तिथिमा निवासमा नै शोकसभा सम्पन्न गरेको हो । सापकोटाको आमा १०१ वर्षको दिन फागुन ७ गते स्वर्गारोहण हुनु भएको थियो ।
शोकसभामा एमाले पोलिट व्युरो सदस्य तथा जिल्ला इन्चार्ज देविप्रसाद ज्ञवालीले सामाजिक शैक्षिक क्षेत्रमा अग्रसर गराएर आफ्ना सन्तानलाइ सक्षम बनाउने आमा प्रती श्रद्धाञ्जली व्यक्त गर्नु भयो । तत्कालिन कठिन परिस्थितिमा पनि आफ्ना सन्तानलाइ शिक्षा राजनीतिक चेतना दिन सक्नु अत्यन्तै क्रान्तिकारी काम भएको बताउनु भयो ।
सभामा केन्द्रीय सदस्य कृष्ण भक्त पोखरेलले गौरा सापकोटा शताब्दी जीवन अत्यन्तै सफल भएको बताउनु भयो । सामाजिक कार्यमा लाग्न प्रेरणा दिनु आमाको महान काम भएको बताउनु भयो ।
कार्यक्रममा एमाले नेता विजय सुबेदी, जिल्ला अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम विष्ट, प्रदेश कमिटी सदस्य रामप्रसाद न्यौपाने ,नेता केशवप्रसाद रेग्मी, जिल्ला कमिटी सदस्य प्रकाश आचार्यलगायतको उपस्थिति रहेको थियो । वि.स.१९८१ माघ १ गते जन्मनु भएको गौरा सापकोटा २०८१ फागुन ७ गते एकसय १ वर्षको उमेरमा आफ्नै निवासमा स्वर्गारोहण हुनु भएको थियो ।
नेकपा एमाले भरतपुर महानगर वडा नम्बर १० कमिटी अध्यक्ष ददिराम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमम वडा सचिव बिज्ञान पौडेलले सन्चालन गर्नु भएको थियो ।