चितवन, फागुन २४ ।
१०९ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खैरहनीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । दिवसको अवसर पारेर खैरहनी नगरपालिकाले शुक्रवार प्रशिक्षणसहित अन्र्तक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलियाले लैंगिक समानता विना समुन्नत समाज निर्माण नहुने वताईन् । समाजमा अझै पनि लैंगिक विभेद कायमै रहेको वताउँदै उपमेयर थपलियाले विभेद अन्त्यपछि मात्रै सुसस्कृत समाज निर्माण हुने वताईन् । सो अवसरमा उपमेयर थपलियाले लैंगिक हिंसा र नगरपालिकाका प्रशासकीय अधिकृत प्रकासचन्द्र पौडेलले नेपालमा महिलाको विगतदेखी वर्तमान सम्मको विकासक्रम बारे प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा लायन्स क्लव अफ चितवन इष्ट र लियो क्लव अफ चितवन इष्टको सयुक्त आयोजनामा महिलाको पाठेघरको क्यान्सर सम्वन्धमा सचेतना कार्यक्रम गरेका थिए । खैरहनी नगरपालिकाकी उपमेयर थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी १२ का वडा अध्यक्ष टिकाराम तिमल्सीना, कार्यपालिका सदस्य शान्ती चौधरी,महिला तथा वालवालिका शाखाकी सरस्वती चालिसे लगायतले मन्तव्य राखेका थिए ।
