डेरी एक्स्पो २०८१ को तयारी तिब्र

 

चितवन । चितवनको भरतपुरमा यहि माघ २५ गतेबाट हुने प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को तयारी तिब्र पारिएको छ ।

चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको संयुक्त आयोजनामा हुने एक्सपोको तयारी अन्तिम चरणमा रहेको हो । शुक्रबारबाट चल्ने एक्स्पो माघ २७ गते समापन हुने छ । एक्स्पो आयोजक संस्था मध्येका एक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेले डेरी जन्य उत्पादन वढाई वजार प्रवर्धनका सहयोग पुर्याउने उदेश्यले एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले डेरी उत्पादन, प्रकृया र वितरण प्रणालीका नविनतम प्रविधि तथा अभ्यासहरुलाई एक्स्पोले प्रवर्धन गर्ने विश्वास पनि ब्यक्त गर्नुभयो । एक्स्पोमा नयाँ प्रविधि र ज्ञानका बारेमा जानकारी गराईने छ । डेरी जन्य उत्पादन,मेसिनरी तथा प्रविधिको प्रदर्शनी, डेरी, पशुपालनमा प्रयोग हुने सामाग्री तथा उपकरणहरु पनि एक्स्पोमा पाईने छ । करिव ५० हजार किसान तथा ब्यवसायीले एक्स्पो अवलोकन गर्ने अनुमान गरिएको छ ।

चितवन उद्योग संघ चितवनका कार्यवहाक अध्यक्ष मदन घिमिरेले कृषिलाई आधुनिकरण र नेपाली उद्योगीलाई प्रवर्धन गर्न एक्स्पो सार्थक हुने जानकारी दिनुभयो । हाल नेपालमा ५५ वटा डेरी उद्योग संञ्चालनमा छन् । एक्स्पोले दूध उत्पनदन र ब्यवसायिकतामा थप सहयोग पुग्ने विश्वास आयोजकले लिएका छन् । चितवनका दैनिक एक लाख ५० हजार लिटर दुध उत्पादन हुदै आएको छ । जिल्लाको दुध यही र काठमाण्डौ, पोखरा मा बिक्री हुने गरेको छ ।

शेयर गरौ

ताजा अपडेट