टोल स्तरीय महिला हाजिरीजवाफ प्रतियोगीतामा : रामकृष्ण आमा समुह प्रथम

चितवन । एपेक्स ऐकेडेमी माध्यमिक विद्यालयले आयोजना गरेको टोल स्तरीय महिला हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।
विद्यालयका प्राचार्य दिनेशचन्द्र पुरीको सभापतित्वमा भएको कार्यक्रममा भरतपुर २ का कार्यवाहक अध्यक्ष एवं वडा सदस्य पर्शुराम पौडेलले प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो । भरतपुर वडा नं २ का रामकृष्ण आमा समुह, क्रियाशिल आमा समुह, सृष्टि आमा समुह, शान्ति आमा समुह, पृथ्वी देउती आमा समुह, आदर्श आमा समुह, मितेरी आमा समुह र उज्यालो आमा समुह गरी ८ वटा समुह सहभागी थिए ।


हाजिरी जवाफ कार्यक्रममा रामकृष्ण आमा समुह प्रथम , आदर्श आमा समुह द्वितीय र सृष्टि आमा समुह तृतिय भएका छन् । प्रथम , द्वितीय र तृतियलाइ क्रमश: ७ हजार , ५ हजार , ३ हजार पुरस्कार प्रदान गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट