मेडिकल स्टकिष्ट क्लबको साधारणसभा सम्पन्न

चितवन । मेडिकल स्टकिष्ट क्लब नारायणगढको १९ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष विज्ञान पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा सस्थाले अहिलेसम्म गरेका कामको विषयमा जानकारी गराइएको थियो । साधारणसभामा सस्थाका महासचिव नारायण पौडेलले प्रगती प्रतिवेदन तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष निर्मला थापामगरले प्रस्तुत गर्नु भएको थियो । आर्थिक र प्रगती प्रतिवेदन साधारणसभाले पारित गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल औषधि ब्यबसायी संघ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद पण्डितले औषधि व्यवसायीको चुनौती र सम्भावनाको विषयमा मन्तव्य राख्नु भएको थियो । नेपाल औषधि ब्यबसायी संघ बागमती प्रदेश थोक सदस्य कपिल सुवेदी, नेपाल औषधि ब्यबसायी संघ चितवनका अध्यक्ष बिनोदप्रसाद तिमिल्सिना, पूर्व अध्यक्ष मेघनाथ पौडेल, पूर्व अध्यक्ष आनन्द चालिसे, सल्लाहकार रामहरी लम्साल, सल्लाहकार कल्याण जोशीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष प्रकाश गुरुङले राख्नु भएको थियो ।
कार्यक्रममा घैटो फुटाइ प्रतियोगिताका बिजेता विश्वप्रसाद बास्तोलाले नगद पुरस्कार प्राप्त गर्नु भएको थियो । विभिन्न सास्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।

 

शेयर गरौ

ताजा अपडेट