एमाले वडा कमिटी दसद्वारा गौतम परिवारमा शोकसभा

चितवन । नेकपा एमाले भरतपुर महानगरपालिका वडा नं. १० कमिटीले शोकसभा कार्यक्रम सम्पन्न गरेको छ ।

एमाले नेता मिनराज गौतमको ममतामयी आमा विष्णुमाया गौतम पाँचौ दिनको पुण्य तिथिमा शोकसभा सम्पन्न गरेको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले सामाजिक क्षेत्रमा आफ्ना सन्तानलाई लाग्न मार्गदर्शन दिने आमाको कदर गर्नु भएको थियो ।


नेकपा एमाले केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य कृष्णभक्त पोखरेलले गौतम परिवारले सामाजिक तथा एमाले पार्टी प्रति गर्नु भएको योगदानको प्रशंसा गर्नु भएको थियो । वडा कमिटी सचिव विज्ञान पौडेलले सञ्चालन गर्नु भएको शोक सभाको अध्यक्षता वडा कमिटी अध्यक्ष ददिराम देवकोटाले गर्नु भएको थियो ।

कार्यक्रममा एमाले चितवनका पूर्व अध्यक्ष रामप्रसाद न्यौपाने, नेताहरु विजय सुवेदी, जिल्ला सचिव प्रकास ढुंगाना, केशव रेग्मी, रमाकान्त सापकोटालगायतको उपस्थिति रहेको थियो ।अर्वुद रोगबाट पीडित विष्णुमाया गौतमको ६९ वर्षको उमेरमा पुस ८ गते उपचारको क्रममा असमाहिक निधन भएको थियो ।

शेयर गरौ

ताजा अपडेट