राष्ट्रिय रैथाने खाना महोत्सव पुस १२ गतेदेखि

 

चितवन, १० पुस । भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सबको अवसरमा राष्ट्रिय खाना महोत्सव आयोजना गरिने भएको छ । यहि पुस १२ गते देखि १६ गते सम्म पश्चिम चितवनको मेघौलीमा खाना महोत्सव गर्न लागिएको हो ।
मेघौलीको जानकी माध्यामिक विद्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानिय खानाका स्टलहरु रहने संयोजक मायाराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार रु ६१ लाखको अनुमानित खर्चमा लाग्ने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि जानकमरी दिईयो । चौधरीका अनुसार स्थानिय थारु, कुमाल, दराई, मगर, गुरुङ, वोटे, मुसहर समुदाय सहितका स्थानिय जातका खाना महोत्सवमा राखिने छ । स्थानिय समुदायको जीवन स्तरमामा सुधार ल्याउन महोत्सव फलदायी हुने चौधरीले बताउनुभयो । महोत्सबमा १ लाख भन्दा बढि पर्यटक आउने अनुमान गरिएकमे छ ।
पत्रकमर सम्मेलनमा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको समयमा लक्ष्य भन्दा वढि पर्यटक महानगरमा भित्रिएको बताउनु भयो । महानगरपालिका भित्र एक वर्षमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले अवलोकन गरेका छन् । भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकिय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धनमा टेवा पुगेको, आन्तरिक तथा बाह्य पर्यटकको संख्या बृद्विमा महत्वपूर्ण भुमिका पुगेको उहाँले बताउनु । दिगो पर्यटन विकासका पूर्वाधारहरु थपिएको, होटल रेष्टुरेन्टमा सेवा बृद्वि भएको, पर्यटकको संख्या, बसनई अबधि एवं आर्थिक कृयाकलापहरुमा बृद्वि भएको उहाँले बताउनुभयो ।
महानगर प्रमुख दाहालले भ्रमण वर्ष सफल बनाउन विभिन्न चुनौतिहरु देखिए पनि अपेक्षा अनुसार काम भएको बताउनु भयो । राजनैतिक अस्थिरता, स्थानिय पालिकाबाट पहिलोपटक आयोजना गरिएको हुँदा सिको गर्ने ठाउँ नहुनु, भौतिक निर्माणमा तदारुपताका साथ काम हुन नसक्नु मुख्य समस्यको रुपमा रहेको बताउनु भयो ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको बिकास संगै जनतालाई प्रत्यक्ष लाभान्वित वनाउने उद्वेश्यले भ्रमणा वर्षको आयोजना गरिएको र सो उद्वेश्य प्राप्तिमा सफल भईएको बताउनुभयो । स्थानिय जनतामा यो महोत्सवले थप उर्जा मिल्ने उहाँले बताउनुभयो । यस महोत्सब स्थानिय खाना संगै ७७ जिल्लाको प्रतिनिधत्व गर्दै ७७ मिटर लम्वाईको नेपालको नक्सा विशेष आकर्षकको रुपमा रहने उहाँले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट