चितवन , २३ फागुन ।
राप्रपा संयुक्त जिल्ला कार्य समिती चितवनको आयोजनामा यही फाल्गुण २५ गते शनिबार भरतपुर स्थित जिल्ला पार्टी कार्यालयको शभाहलमा कार्यकर्ता भेला हुने भएको छ । दिउँसो १२ः३० बजे शुरु हुने जिल्ला स्तरीय कायकर्ता भेला कार्यक्रमलाई राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपती शमशेर राणा र डा. प्रकाश चन्द्र लोहनीका साथै केन्द्रिय उपाध्यक्ष एवं पुर्वमन्त्री बिक्रम पाण्डे लगायतका केन्द्रिय नेता हरुले सम्बोधन गर्नुहुने नेतृ रिना गुरुङ्गले चितवन समाचार डटकमलाई जानकारी दिनुभयो ।
राप्रपा संयुक्त जिल्ला कार्य समिती चितवनका अध्यक्ष विष्णु वाग्लेका अनुसार कार्यक्रममा अन्य केन्द्रिय नेताहरुको समेत उपस्थिती रहने छ । साथै उहाँले जिल्लावासी सम्पुर्ण कार्यकर्ता शुभेच्छुक र राष्ट्रबादी नागरिकहरुलाई सो कार्यक्रममा सहभागीताका लागि आग्रह गर्नुभएको छ ।
गत माघ १८ गते अध्यक्ष राणाले नेतृत्व गर्नुभएको राप्रपा (प्रजातान्त्रिक) र डा. लोहनीले नेतृत्व गर्नुभएको एकिकृत राप्रपा (राष्ट्रबादी) बिच औपचारिक रुपमा पार्टी एकताको घोषणा भएर राप्रपा संयुक्तको गठन भएको हो । पार्टीले हिन्दु राष्ट्र र राजसंस्थाप्रति झुकाव राख्ने शक्तिहरु बलियो हुँदै गएको प्रदेश सभा सदस्य एवम् पार्टीकी नेतृ रिना गुरुङ्गले जानकारी दिनुभयो ।