चितवन । चितवनको बैकुण्ठ तालमा डेवेर वेपत्ता भएका युवकको शव निकालिएको छ । परिवारसहित घुम्न गएका भरतपुर महानगरपालिका १६ गरिमा टोलका ३५ वर्षिय अर्जुन गौतम फोटो खिच्ने क्रममा माडी नगरपालिका वडा नम्बर ८ स्थित बैकुण्ठ तालमा ढुंगाबाट चिप्लिएर खस्दा तालमा बेपत्ता भएका थिए । विहान ११ः५० मा वेपत्ता भएका युवकको खोजी कार्य गरेपछि दिउसो शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।