चितवन २३ फागुन । तनहुको भानु नगरपालिका मानेचौका बजारमा एक जना स्वास्थ्यकर्मीले आफ्नो बुवाको स्मृतिमा गणेश भगवती मन्दिर निर्माण गर्नु भएको छ ।
मानेचौका बजारका केशवकुमार श्रेष्ठले आफ्ना बुवा रामकुमार श्रेष्ठको स्मृतिमा आफ्नै जग्गामा मन्दिर निर्माण गर्नु भएको हो । निजि जमिनमा निर्माण गरिएको मन्दिर सार्वजनिक हितमा समर्पण गरेको श्रेष्ठले बताउनु भयो । चितवनमा कृषा औषधि पसल सञ्चालन गर्दै आउनु भएका श्रेष्ठले बुवाको सपना अनुसार नै मन्दिर निर्माण गरेको जानकारी दिनु भयो ।