चितवन समाचार डटकम
चितवन २३ फागुन । चितवनको पर्यटकीय क्षेत्रको प्रचारसंगै पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन चितवनका सरोकारवालाले त्रिशुली नदीमा ¥याफ्टिङ गरेका छन् ।
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा चितवनका जनप्रतिनिधि, व्यवसायीहरुले नदीमा ¥याफ्टिङ गरेका हुन् । चितवनमा पर्यटकीय क्षेत्र धेरै छन् भन्नको लागि यस्तो कार्यक्रमले धेरै मद्दत गर्ने ३ नं. प्रदेश सांसद कृष्णप्रसाद खनालले बताउनु भयो । ‘जलयात्रा गर्नको लागि चितवनमा राम्रो स्थान छ, त्रिशुली नदी यसको एउटा उदाहरण हो ’ उहाले भन्नु भयो ‘काठमाण्डौबाट आउने पर्यटकहरु त्रिशुली नदीमा ¥याफ्टिङ गर्दै नारायणगढ पुग्न सकिने सन्देश यस कार्यक्रमले दिन्छ ।’ सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल बनाउन यस्ता कार्यक्रमले धेरै मद्दत गर्ने उहाको भनाइ छ ।
¥याफ्टिङमा सहभागी हुनु भएका जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले भन्नु भयो ‘हाम्रो जिल्लामा धेरै पर्यटकीय क्षेत्र छन् तर प्रचार भएको छैन ।’ भोटेकोशी, सुनकोसी, कर्णाली नदीमा ¥याफ्टिङ गरिन्छ तर त्रिशुली नदी हुदै नारायणीसम्म थोरै मात्र पर्यटकले जल यात्रा गरिन्छ उहाले भन्नु भयो यहापनि सम्भावना छ भनेर प्रचार गर्न आएका हौ । त्रिशुली नदीमा जलयात्रासंगै सौराहा, मेघौली, पटिहानी, चितवन राष्ट्रिय निकुञ्ज लगायतको पर्यटकीय स्थानको प्रचार हुने उहाँको भनाइ छ । समन्वय समितिले पर्यटन वर्ष सफल पार्नको लागि चैत्रको पहिलो हप्ता जिल्लाका पर्यटकीय स्थानको बारेमा सार्वजनिक गर्ने तयारी रहेको बताउनु भयो ।
जलयात्राले जिल्लाको नयाँ पर्यटकीय क्षेत्रको प्रचारसंगै जिल्लामा धेरै पर्यटक आउनेमा विश्वस्त रहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले जानकारी दिनु भयो । चितवन तेस्रो पर्यटकीय गन्तव्य हो उहाले भन्नु भयो ‘हामी यहाँका मनोरम पर्यटकीय क्षेत्रको प्रचारसंगै धेरै पर्यटक भित्राएर दोस्रो गन्तव्यका रुपमा विकसित गर्ने तयारीमा छौ ।’ सौराहा, सिराइचुली, मेघौली, लोथरका विभिन्न स्थान, देवघाट लगायतका स्थानमा पर्यटक पु¥याएर यहाँको वसाइ लम्याउन सकिने प्रमुख वन भन्नु हुन्छ । यस्ता गतिविधिले चितवनको मात्र नभइ नेपालकै पर्यटन वर्ष सफल बनाउन सहयोग पुग्ने बताउनु भयो ।
आयोजक सस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले भन्नु भयो चितवनको पर्यटकीय स्थानको प्रचार गर्ने उद्देश्य सस्थाको रहेको छ । यो मात्र होइन उहाले भन्नु भयो सरकारले घोषणा गरेको पर्यटन वर्ष सफल बनाउने दायित्व हाम्रो सस्थाको पनि हो । यस्ता गतिविधिले पक्कैपनि प्रचार भएर धेरै पर्यटक चितवन आउने छन् ।
पर्यटन व्यवसायी, जनप्रतिनिधिहरु, उद्योगीहरु सहितको ३५ जनाको टोलीले त्रिशुलीमा जलयात्रा गरेको हो । धादिङको चरौदीबाट शुरु भएको यात्रा फिसलिङमा आएर बास बसेको छ । भोली पुन ¥याफ्टिङ गरेर मुग्लिनसम्म आउने तयारी रहेको टोलीले जनाएको छ ।